|

सोलुखुम्बु : सगरमाथाको एक मात्र प्रवेशद्वार सोलुसल्लेरीदेखिको लुक्लासम्मको सडक निर्माणको कामले तीव्रता पाएको छ। संघीय,प्रदेश र स्थानीय सरकारको लगानीमा सो सडकको निर्माण कार्यले तीव्रता पाएको हो। सोलुदुघकुण्ड नगरपालिकाअन्तर्गत सदरमुकाम सोलुसल्लेरीदेखि माप्यदूधकोशी गाउँपालिका र खुम्बुपसाङल्हामु गाउँपालिका जोडने सडक निर्माणको काम भइरहेको छ।

सदरमुकाम सोलु सल्लेरीबाट ९८ किलोमिटर लामो सडक मध्ये अहिलेसम्म साठी किलो मिटर सडकको ट्रयाक ओपन गर्ने काम पूरा भएको छ। मोटरेबल सडक निर्माण पूरा भएसँगै अहिले ६० किलोमिटर सडक क्षेत्रमा यातायात सञ्‍चालन हुँदै आएको छ। बाँकी ३८ किलोमिटर सडक  यही वर्ष ट्रयाक ओपन गर्ने योजनासहित काम भइरहेको पूर्वाधार विकास कार्यालय ओखलढुंगाका सव इन्जिनियर भरुमान राईले जानकारी दिए।

राईका अनुसार सदरमुकाम सोलुसल्लेरी र नाम्चे जोडने सडकमा पर्ने दूधकोशीमा  ८ कारोड ३४ लाखको लागतमा मापेखुम्बु मितेरी पुल निर्माणसगै अहिले खुम्बुपसाङलहामु गाउँपालिका १ नम्बर वडाको थामडाँडासम्म मोटरबाटो सञ्‍चालनमा छ। थामडाँडादेखि खुम्बसपसाङल्हामुको केन्द्र चौरीखर्कसम्मको सडक ट्रयाक ओपन गर्ने काम यही वर्ष सम्पन्न हुनेछ।

योसँगै सगरमाथा जाने मुख्य प्रवेशद्धराको सडकले नाम्चेसम्म स्थलमार्गले छुनेछ। माप्यदूधकोशी गाउँपालिका-१ नम्बर वडा अध्यक्ष अगमकुमार राईका अनुसार सडक निर्माण भएसगै स्थलमार्गले नाम्चे छोएसगै खाध्यन्न ढुवानी ३ सय प्रतिशतसम्म कम पर्नेछ।

यसअघि सडक मार्ग नहुँदा काठमाण्डौबाट  हावाई मार्गबाट मालबस्तु ढुवानीगर्दा प्रतिकेजी १ सय २० रुपैया पर्ने गरेको थियो ।अलिहे सदरमुकान सोलुसल्लेरीबाट सडक संजालले नाम्चेलाई जोडेसगै खाध्यन्न ढुवानी प्रतिकेजी ३० रुपैयाँमा नाम्चे पुर्‍याउन सकिनेछ।

केही तस्वीर झलक :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.