भारतीय र नेपालीसहित करिब २ हजार कामदार आन्दोलित

|

संखुवासभा : मकालु गाउँपालिकामा निर्माणाधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाका मजदुरले मंगलबार पनि आन्दोलन जारी राखेका छन्। ज्याला नबढाएको र जिल्ला दररेट अनुसार पारिश्रमिक नपाएको भन्दै मजदुरले मंगलबार पनि आयोजनाको काम ठप्प पारेका छन्। 

भौतिक पूर्वाधार कार्यालय संखुवासभाले निर्धारण गरेको दररेट अनुसारको ज्याला नदिएको,आठ घण्टा भन्दा बढी काम लगाएको,समयमा तलव भुक्तानी नगरेको भन्दै ड्यामसाइडका मजदुरले मंगलबार पनि कार्यालय घेराउ गरेका छन्।

ज्याला नबढाएको र जिल्ला दररेट अनुसार पारिश्रमिक नपाएको काम ठप्प पारेको मजदुरले बताएका छन्। अरुण तेस्रोको ड्याम साइडमा भारतीय र नेपालीसहित करिब २ हजार कामदार आन्दोलित भएका हुन्। ज्याला बढाउन माग गर्दै उनीहरुले मंगलबार पनि बिहानैदेखि काम ठप्प पारेको कामदार अप्सन राईले जानकारी दिए।

निर्माण कम्पनीले दैनिक ज्याला लगायतमा चासो नदेखाएपछि असन्तुष्टि जनाउँदै कामदारले काम रोकेका हुन्। सुरुङमार्ग निर्माणजस्ता ड्यामसाइडको काम भारतीय निर्माण कम्पनी जेपी एसोसियटर्स कन्स्ट्रक्सनले गरिएको छ। 

अरुण तेस्रोका मजदुरले यसअघि पनि ज्याला बढाउन माग गर्दै काम अवरुद्ध गर्दा तत्कालै बढाउने सहमति भएको थियो। वर्ष दिन बितिसक्दासमेत ज्याला बढाउने र स्थानीय मजदुरहरूलाई काम दिने सहमति निर्माण कम्पनीले पालना नगरेका भन्दै पुनः काम ठप्प पारेको जनाएको छन्।

अरुण तेस्रो आयोजनामा कुल १ खर्ब ४४ अर्ब रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ। ७० प्रतिशत ऋण र ३० प्रतिशत स्व:पुँजीमा निर्माण गर्न लागिएको हो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.