|

कञ्चनपुर : हुलाकी राजमार्ग निर्माण अलपत्र पारेपछि कञ्चनपुरको बेलौरी बजारको चोक चोकमा ठेकेदारका पोष्टर टाँसिएको छ। 

ठेकेदारका फोटो टाँसिएका पोस्टरमा ‘बुटावारीदेखि बेलडाँडीसम्मको हुलाकी सडक निर्माण गर्ने ठेकेदार हराएको सूचना’ भनेर उल्लेख गरिएको छ । 

पोस्टरमा हुलाकी राजमार्ग निर्माण गर्न ठेक्का पाएको सिद्धि शाही प्रकाश कन्स्ट्रक्सनका सञ्चालक चक्रदीप शाही र अन्यको तस्वीर राखिएको छ । 

ठेकेदारले हुलाकी राजमार्ग निर्माण दशैँदेखि बेवास्ता गरेपछि बजार क्षेत्रका चोक चोकमा तस्वीरसहितका पोष्टर टाँस्नु परेको स्थानीयबासिन्दाले बताएका छन्। 

सडक निर्माणको म्याद थपिएको समय सकिँदा समेत ठेकेदारले काम गरेका छैनन्। आर्थिक वर्ष २०७२÷७३ मा ठेक्का सम्झौता भएको हुलाकी राजमार्ग निर्माण सन्तोषजनक रुपमा अघि बढ्न सकेको छैन । उक्त सडकखण्ड निर्माणका लागि ४१ करोड ७६ लाखमा ठेक्का सम्झौता भएको थियो।

निर्माणको जिम्मा पाएका ठेकेदार शाहीले कोभिडका कारण सडक निर्माणमा बिलम्ब भए पनि सडक निर्माण सुचारु गरिने बताएका छन्। 

डोकेबजार, बेलौरी, बेलडाँडी र दैजीसम्मको ६२ किलोमिटर सडक निर्माणको कार्य तीन खण्डमा भइरहेको छ। सडकको केही खण्डमा ग्राभेल, माटोभरान र कालोपत्रेका लागि स्तरोन्‍नति भइरहेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.