युवाहरुलाई गाउँमै रोक्न अनुदान कार्यक्रम

|

दैलेख : कर्णाली प्रदेशकी भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीले दैलेखका ११ वटै स्थानीय तहमा एक–एक वटा उद्योग सञ्चालन गर्न निर्देशन दिएकी छन्। 

दैलेखमा बिहीबार लेखा व्यवस्थापन तालिमको उद्घाटन गर्दै उनले उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय दैलेखका कार्यालय प्रमुखलाई यस्तो निर्देश दिएकी हुन्। 

दैलेखका धेरै युवा जनशक्ति रोजगारीका लागि भारत लगायत अन्य मुलुकमा जान बाध्य हुने गरेको उनले सुनाइन्। ती युवा जनशक्तिलाई गाउँमै रोक्न उद्योग सञ्चालन गरी रोजगारी दिनुपर्नेमा उनले जोड दिएकी छन्। 

‘सरकारी अनुदानका लागि कृषि सहकारी फम दर्ता गरी अनुदान लिने जुन प्रायोजनका लागि अनुदान लगिएको हो’, उनले भनिन्, ‘त्यसैमा लगानी नगरी अन्यत्र खर्च गर्ने गुनासो आउने गरेकाले जिल्लाका सम्बन्धित कार्यालयले यसमा अनुगमन गर्नु आवश्यक छ।’

किसानलाई सहकारीबाट अनुदान 

मन्त्री केसीले जग्गा जमिन धितो राख्न नसक्ने साना किसानहरुका लागि प्रदेश सरकारले सहकारीमार्फत अनुदान दिने तयारी थालेको बताएकी छन् । 

युवालाई कृषि कर्ममा फर्कन आग्रह गर्दै मन्त्री केसीले सहकारी मार्फत सरकारले साना किसानहरूलाई सहयोग बढाएर आर्थिक अवस्था सुधार गर्न लागेको उल्लेख गरिन्।

युवा किसानहरूले आफ्ना फर्म चलाउन आफ्नो जमिन धितोमा राखेर करोडौँ रकम व्याज अनुदान दिने कार्यक्रम कर्णाली प्रदेश सरकारले सञ्चालन गरिसकेकाले लाभ लिन आग्रह गरिन्। 

‘तपाईंहरु कृषि कर्म मात्रै गरेर देखाउनुहोस् सरकार तपाईंहरुको घरमा खोज्दै आउँछ’, उनले सुनाइन्, ‘विदेश जानुपर्ने बाध्यता भएका युवाहरू योजना ल्याएर कृषि तथा पशु कार्यालयमा आएर विदेश नजाने सोच बनाउँदैछन्।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.