|

काठमाडौं : अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)ले संस्कृतिविद् सत्यमोहन जोशीका नाममा पुरस्कार स्थापना गरेको छ।

संस्थाका अध्यक्ष प्रकाश पौडेल ‘माइला’को प्रायोजनमा ‘अनेसास शताब्दी पुरुष सत्यमोहन जोशी पुरस्कार’ स्थापना गरेको हो। पुरस्कार नेपालबाहिर तीन वर्षभन्दा बढी बसेर नेपाली भाषा, साहित्य एवं संस्कृतिका क्षेत्रमा योगदान गरेका व्यक्ति वा संस्थालाई प्रदान गरिने अनेसासले जनाएको छ।

पुरस्कारको राशि एक हजार एक अमेरिकी डलर रहेको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बोर्ड अफ ट्रस्टीले जानकारी दिएको छ। पुरस्कार हरेक दुई दुई वर्षमा विशेष समारोह आयोजना गरेर प्रदान गरिनेछ। पुरस्कारका छनोटका लागि अनेसास केन्द्रीय कार्यालयले तीनजना सम्बन्धित क्षेत्रका विशिष्ट व्यक्तित्वलाई अग्राधिकार प्रदान गरिने अनेसासले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.