|

काठमाडौं : थाहाखबरकर्मी अतिन आचार्य 'काठमाडौं महानगरपालिका सुशासन पत्रकारिता पुरस्कार'बाट सम्मानित भएका छन्। सोमबार महानगरपालिकाले २६ औं महानगर दिवसको अवसरमा आचार्यलाई पुरस्कृत गरेको हो।

 प्रमाणपत्रसहित पुरस्कार राशि नगद ५० हजार रहेको छ। आचार्यसहित न्यूज  एजेन्सी नेपालकी कृष्णा पौडेल, ​खबरहब डटकमका सविना कार्की, नयाँ पत्रिकाका प्रकाश धौलाकोटी, नामी साप्ताहिकका श्याम स्मृत श्रेष्ठ, बिजमाण्डुका दिनेश खड्का, नेवा युट्युबका विजयरत्न , कान्तिपुर टिभीकी सृजना वास्तोला, लहना न्युज डटकमका सुरेन्द्र भक्त श्रेष्ठ र नेपाल भाषा टाइम्स पुरस्कृत भएका छन्। 

कार्यक्रममा महानगर प्रमुख विद्यासुन्दर शाक्यले महानगरको सुशासन कायम गर्ने गरी समाचार सम्प्रेषण गरेकाले हरेक वर्ष यसरी नै १० जना पत्रकारहरूलाई पुरस्कृत गर्ने गरेको बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.