|

कपिलवस्तु : कपिलवस्तुमा पूर्वराजा समर्थकले बृहत् प्रदर्शन गरेका छन्। हजारौँ सङ्ख्याका प्रदर्शनकारीले हिन्दु राज्य स्थापना तथा राजसंस्था पुनर्स्थापनाको माग गरेका थिए।

राष्ट्रिय झण्डा बोकी बाजागाजा बजाउँदै उनीहरूले बाणगंगा नगरपालिकाबाट मोटरसाइकल र्‍याली निकालेका थिए। जिल्ला सदरमुकाम तौलिहवा प्रशासन चोकमा पुगी कोणसभा गरी र्‍याली समापन भएको थियो।

शिव सेना नेपालको आयोजनामा आह्वान गरिएको प्रदर्शनमा कांग्रेस र नेकपाका कार्यकर्तासमेत त्यहाँ थिए। सरकारप्रति वितृष्णा भएको हुँदा प्रदर्शनमा समावेश भएको एक कांग्रेसका कार्यकर्ताले बताए। र्‍यालीमा शिव सेना नेपालका केन्द्रीय अध्यक्ष अनिल बाबा र कपिलवस्तुका जिल्ला अध्यक्ष भीष्मराज ढुंगानाले नेतृत्व गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.