|

काठमाडौं : संवैधानिक परिषदको बैठक शुरू भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बैठक शुरू भएको हो। बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा सहभागी छन् भने  सभामुख अग्‍निप्रसाद सापकोटा अनुपस्थित भएका छन्। 

बैठकमा सभामुख सापकोटा गएनन्।  बैठकअघि हुनुपर्ने समन्वय नभएको भन्दै सभामुख सापकोटा नगएको सापकोटाका प्रेस संयोजक श्रीधर न्यौपाने जानकारी दिए। 

परिषद्को अध्यक्ष रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले समन्वय नगरेको भन्दै सभामुख बैठकमा नगएको पौडेलको भनाइ छ। 

बैठकमा रिक्त रहेका विभिन्न संवैधानिक आयोगमा पदाधिकारी नियुक्तिका विषयमा छलफल भइरहेकाे प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जनाकारी दिए। 

लामो समयदेखि संवैधानिक परिषदको बैठक बस्न नसक्दा संविधानले पहिलोपटक संवैधानिक हैसियत दिएका आयोगहरूसमेत संविधान जारी भएको पाँच वर्षसम्म पनि गठन हुन सकेका छैनन् । हाल १३ वटा संवैधानिक आयोग छन्। तर तिनमा अहिले प्रमुख सहित ४५ पद रिक्त रहेको छ।

संविधानको धारा २८४ अनुसार प्रधानमन्त्री अध्यक्ष रहेको परिषद्मा प्रधानन्यायाधीश,प्रतिनिधिसभाको सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रतिनिधिसभाको विपक्षी दलको नेता, र प्रतिनिधिसभाका  उपसभामुख, सदस्य रहने व्यवस्था छ। तर उपसभामुख चयन भइनसकेकोले अहिले परिषद्को सदस्य संख्या पाँच मात्रै छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.