कार्यकर्तादेखि नेतासम्मले अध्यक्षद्वयको खिल्ली उडाउन छाडेनन्

|

विराटनगर : शक्ति संघर्षको टकरावमा अल्झेका सत्तारुढ दल नेकपाका नेताहरु गुटगत भेला गरेर आरोप– प्रत्यारोपमा उत्रिन थालेका छन्। जिल्ला तहसम्म नै पार्टी नेताहरुको संलग्तामा  शीर्ष नेताहरु नै एक–अर्का विरुद्द खनिँदा नेकपाको विवाद अब जिल्ला तलसम्म पुगेको छ।

पार्टी विघटनको संघारमा पुगेको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुवै अध्यक्षइतरका नेताहरु अहिले पार्टीभित्र बहुमत बलियो बनाउने दौडधुपमा लागेका छन्। 

अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा त्यसैगरी अर्को अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षका नेताले समेत तल्लो तहसम्म आफ्नो बहुमत भएको दाबी गर्न गुटका भेला तीव्र पारेका छन्। 

जसका कारण केन्द्रीय तहमा देखिएको विवाद जिल्ला तहसम्म पुगेको छ। एकले अर्को गुटलाई निषेध गर्दै छुट्टाछुट्टै रुपमा भेला आयोजना गर्ने कार्यमा नेकपाका नेता कार्यकर्ता पुगेका छन्। यसको पछिल्लो ज्वलन्त उदाहरण मोरङमा भएका छुट्टाछुटै गुटगत भेलालाई लिन सकिन्छ।

गएको शनिबार मोरङको सुन्दरहरैंचा नगरपालिकाको गछियामा अध्यक्ष केपी ओली निकटको गुटसम्बद्ध युवाको भेलाको आयोजना गरिएको थियो। 

अध्यक्ष केपी शर्मा ओलीनिकट मानिने नेकपाका केन्द्रीय सदस्य तथा पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाले कार्यक्रमलाई सम्बोधन गरेका थिए। ओलीपक्षीय युवाको भेलालाई ‘पार्टी फुट्न नभएर जुट्न दबाब’ दिन आयोजना गरिएको भनिएको थियो। त्यसको दुई दिनपछि मंगलबार विराटनगरमा अर्का अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षका नेताहरुको सलग्नतामा युवा विधार्थीको भेला गरिएको छ।

नेपाल कम्युनिष्ट पार्टी सम्बद्ध युवा विधार्थी आयोजक भनिएको भेलालाई जिल्ल स्तरीय दबाब कार्यक्रम नाम दिइएको थियो। तर सो भेलामा अर्को गुट अध्यक्ष केपी शर्मा ओलीसम्बद्ध नेता कार्यक्रर्तालाई निषेध गदै छुट्टै रुपमा भेला आयोजना गरिएको थियो।

पदीय भागवण्डाको लडाइँले झण्डै फुटको संघारमा पुगेको सत्तारुढ दल नेकपाका शीर्ष नेताहरुको झगडाले गुटगत भेलामा नेताहरुले ओलीका कारण पार्टी एकीकरण अप्ठ्यारो अवस्थामा पुगेको भन्दै अध्यक्ष ओलीको चर्को आलोचना गरेका छन्।

भेलालाई सम्बोधन गदै प्रदेश सांसद कुलप्रसाद साम्बाले ओली विरुद्ध मुर्दावादको नारा लगाएका थिए। अन्य वक्ताभन्दा खरो र आक्रामक मन्तव्य दिएका लिम्बूले मन्तव्यको अन्तिममा नेकपा जिन्दावाद र केपी ओली मुर्दावाद भन्दै हलमा उपस्थित सबैलाई सहभागी गराएका थिए।

सम्बोधनको क्रममा सांसद लिम्बूले कोरोना संक्रमणका कारण जनताहरु कष्टकर जीवनयापन गर्न बाध्य भएको, हस्पिटलमा उपचार गरेर सर्वस्व सकिँदा पनि उपचार नभई लासका लागि पैसा तिर्न जनताहरु बाध्य भएको जस्ता दृष्टान्त पेस गरेका थिए। सोही क्रममा भावनामा बगेर उनले सम्बोधनका क्रममा ओलीविरुद्ध नै मुर्दावादको नारा लगाएका थिए।

सोही भेलालाई सम्बोधन गर्दै नेकपा मोरङका सचिव गणेश उप्रेती (सुशील)ले भने कसैको पक्षमा जिन्दावाद र मुर्दावादको नारा लगाउनु न्यायोचित नभएको बताएका थियो। ‘संघर्ष भनेको प्रवृत्तिविरुद्ध हुने हो, कोही व्यक्तिलाई जिन्दावाद र मुर्दावाद भन्न हामी यहाँ भेला भएका होइनौं,’ उप्रेतीले सम्बोधनका क्रममा भने।

भेलालाई सम्बोधन गर्ने क्रममा अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षीय केन्दस्य नेताद्वय शिवकुमार मण्डल, महेश रेग्मीले अध्यक्ष ओली एकपक्षीय ढंगमा बढेकाले ओलीबाट अब पार्टी एकताको रक्षा, विधि पद्धतिको पालना, पार्टीद्वारा सरकार संचालनजस्ता कार्यको अपेक्षा गर्न नसकिने बताएका थिए। 

कार्यक्रममा राष्ट्रिय युवा संगठनका केन्द्रीय संयोजक रामप्रसाद सापकोटा(दीपशिखा)ले हास्य कलाकार नारायण त्रिपाठीसँग अध्यक्ष ओलीलाई दाँज्दै भने, 'मचैं भन्दिनँ हाम्रो पार्टीमा नारायण त्रिपाठीजस्तो को छ? मेरो अध्यक्ष केपी ओली महान् हुनुहुन्छ, म सालम गर्छु, यो सरकार निरन्तर पाँच वर्ष जार्नुपर्छ, यो मेरो माग हो।’ बीचमै अध्यक्ष फेर्न पाइँदैन यो पनि मेरो माग हो, तर उनले पार्टीको म्यान्डेटभन्दा बाहिर चल्न कसैलाई छाडन हुँदैन।'

अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षीय नेताहरुले सम्बोधन गरेको भेलामा झापा, मोरङ र सुनसरी जिल्ला अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षीय  युवा विधार्थीको सहभागिता थियो।

यसअघि गएको आइतबार झापाको दमकमा नेकपाका अध्यक्ष प्रचण्ड–नेपाल समूहले विद्यार्थीको भेला बोलाएको थियो।

केही समयअघि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीपक्षीय विद्यार्थी संगठन अनेरास्ववियूका संयोजक ऐन महरले विराटनगर आएर आफूपक्षीय भेला राखेका थिए।

त्यो कार्यक्रममा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीको पनि सहभागिता थियो। भेलामा प्रचण्ड–नेपाल पक्षका विद्यार्थीलाई डाकिएको थिएन। 

मोरङमा पछिल्ला समय आयोजना भएका गुट भेलामा सम्बन्धित गुटबाहेक नेता कार्यकर्ता सहभागी भएका छैनन्। 

नेकपाको केन्द्रको विवादको आगो योसँगै तल प्रदेश र पालिकास्तरसम्म नै सल्किन पुगेको छ। अझ राजनीतिक रुपमा ओली पक्षकै बहुमत रहेको प्रदेश १ मा एकले अर्को पक्षलाई काउन्टर दिने राजनीतिक कार्यक्रम आयोजना हुन थालेपछि फुटको संघारमा पुगेको नेकपा जिल्ला र नगर तहमा पनि गुट विभाजनको असर राम्रैसँग देखिएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.