|

दाङ :  कोरोना भाइरस कोभिड १९ का कारण खेल खेल्नबाट समस्यामा परेका खेलाडीहरू अहिले क्रमिक रूपमा खेलहरू खेल्न पाउँदा खुशी भएका छन्।

पछिल्लो समम दाङमा खेलका लागि आवश्यक पर्ने भौतिक संरचना र खेल क्षेत्रले फड्को मार्दै गएको छ। लामो समयदेखि कोरोमा महामारी तथा आइसिसीको प्रतिबन्धका कारण प्रभावमा परेको  क्रिकेट खेल र खेलाडीहरू पुरानै अवस्थामा फर्किन थालेका छन्।

सरकारले कोभिडपछि खेल क्षेत्र पनि खुल्ला गर्ने निर्णय गरेसँगै घरमै खुम्चिएर बसेका दाङका खेलाडीहरू विस्तारै मैदानमा फर्किन थालेका हुन्। जिल्लास्तर तथा राष्ट्रियस्तरमा आयोजना हुने खेलले पनि खेलाडीहरू उत्साह थपिने गर्दछ।

प्रतियोगिताको आयोजना

दाङमा अहिले जिल्लास्तरको फुटबल, कबड्डी प्रतियोगिता पनि भइसकेका छन्। यही पौष ११ गतदेखि दाङको लमहीमा हुने प्रधानमन्त्री महिला क्रिकेट प्रतियोगिताका लागि दाङको महिला क्रिकेट टिम पनि घोषणा भएको छ। अहिले ती महिला खेलाडीहरूलाई आवश्यकता पर्ने खेल सामग्रीसहित बन्द प्रशिक्षण पनि दिइएको छ।

कोभिडको कारणले खेल नहुँदा अहिले प्रतियोगिताको लागि तयारी गरिरहेको महिला खेलाडी टिमकी कप्तान सर्मिला रोका मगरले बताइन्। अब हुन लागेको खेलले आफूहरू निकै उत्साहित भएको समेत उनको भनाइ छ। जिल्लामा २०६५ सालदेखि महिलाहरू क्रिकेट शुरु भएको समेत उनले बताइन्।

त्यसैगरी, आफूले २०६७ सालदेखि नै जिल्लामा महिला क्रिकेट टिमबाट खेल्दै आएको बताइन्। ‘कुनै पनि खेलाडी  भएपछि उनीहरू मैदानमा देखिन चाहन्छन्,’ उनले भनिन्,‘ त्यसैले राज्य विभिन्न समयमा खेलहरूको आयोजना गर्नुपर्दछ। हामी खेलाडी हौँ भन्ने, तर मैदानमा देखिन नपाइने भएको खेलाडीको के अर्थ? ’

त्यसैगरी, उनले शुरुमा आफूहरू क्रिकेट रमाइलो गर्नको लागि खेलेको भए तापनि अहिले देशको लागि खेल्ने गरेको समेत बताइन्। प्रतियोतिमा सहभागी हुनको लागि तयारीस्वरूप खेलाडीहरू पनि मैदानमा देखिन्छन्। उनीहरू क्रिकेटको तयारीमै व्‍यस्त छन्।

खेल क्षेत्रमा लगानी बढाउन आग्रह

जिल्लामा पछिल्लो समय क्रिकेट खेलका गतिविधिमा निकै अगाडि आएको र दाङ क्रिकेट संघको पनि निकै साथ पाएको खेलाडीहरू बताउँछन्। दाङ क्रिकेट संघले मात्र नभएर सरकारले पनि क्रिकेट खेलमा अझै लगानी बढाएर लैजानुपर्ने क्रिकेटका राष्ट्रिय खेलाडी सुशान्त सिंह थापाले बताए।

आर्थिक रुपमा बिपन्न तथा पिछडिएका खेलाडीहरूलाई पनि प्रोत्साहन गर्दै लैजाने हो, भने दाङको क्रिकेट खेल अन्तर्राष्ट्रियस्तरसम्म दाङलाई चिनाउन सकिने उनको भनाइ छ।

  कोरोनाका कारण खेल खेल्न पाउँदा आफूहरूलाई दु:ख लागेको भएता पनि  अहिले प्रतियोगिताको लागि तयार गर्न पाउँदा धेरै खुशी लागेको उनको भनाइ छ। ‘ पहिलेको तुलनामा अहिले क्रिकेट खेलाडीहरूलाई राम्रो हुँदै गएको छ ,’उनले भने,‘ पछिल्लो समयमा हुने घरेलु क्रिकेट खेलले गर्दा खेलाडीहरूको आर्थिक स्रोतहरू पनि बढ्दै आएको छ। जुन पहिलाको तुलनामा केही भएको छ। तर, हुनुपर्ने जति अझै हुन सकेको छैन।'

विस ०७२ मा आफूले जिल्लाको नेतृत्व लिने अवसर पाए पनि त्यसको केही सयममा आइसिसीले प्रतिबन्ध लगाएको यथार्थ पनि उनको स्मरणमा ताजै छ।

अहिले जिल्लामा २ ओटा राष्ट्रियस्तरका मैदान निर्माण गरी खेलाडीहरूलाई दैनिक रुपमा प्रशिक्षण दिँदै आएको समेत उनले बताए। यी मैदानबाट ३ वटा राष्ट्रियस्तरका खेलहरू भइसकेको समेत उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.