खेर जान्छ बिजुली हजार, अध्याँरोमै सल्लेरी बजार

|

विराटनगर : सोलु करिडोर क्षेत्रमा १३२ केभी प्रसारण लाइन निर्माणमा ढिलाइ हुँदा उत्पादन भएको विद्युत् खेर गएको छ।

स्थानीयस्तरमा निर्माण भएका आधा दर्जन बढी हाइड्रो पावरबाट उत्पादित करिब एकसय मेघावाट विद्युत प्रसारण लाइनमा नजोडिँदा विद्युत् खेरा गएको हो। केन्द्रीय प्रसारण लाइन नपुगेका कारण सोलु सदरमुकाम सोलु-सल्लेरीवासीमा लोडसेडिङका कारण स्थानीय अँध्यारोमा बस्न बाध्य छन्।

सोलुखुम्बुको सोलु र दूधकोशीमा साना ठूला गरी १० वटा जलविद्युत् आयोजना निर्माणाधीन छन्। जसमा आधा दर्जन बढी हाइड्रो पावर निर्माण सम्पन्न भइसकेका छन्। निर्माणको अन्तिम चरणमा सोहीको संख्यामा हाइड्रो पावर रहेका छन्।

निर्माण सम्पन्न भएका हाइड्रो पावरले आन्तरिक रुपमा परीक्षण उत्पादन गरेका छन्। तर, स्थानीयस्तरमा उत्पादन हुने ती हाइड्रो पावरले जलविद्युत् आयोजनाको प्रसारण लाइन नहुँदा विद्युत् बिक्री गर्न पाएको सल्लेरी च्याल्सा विद्युत कम्पनी लिमिटेडका उपमहाप्रबन्धक रामेश्वर मास्केले बताए।

मास्केका अनुसार सल्लेरी च्याल्सा विद्युत कम्पनील अहिले ६३३ किलोवाट विद्युत् उत्पादन गर्दै आएको छ। तर, उत्पादित विद्युत् प्रसारण लाइनमा नजोडिँदा बढी भएको विद्युत् खेर गइरहेको छ।

‘ठेकेदारले प्रसारण लाइनको निर्माणको काम नगर्दा उत्पादित विद्युत प्रयोगमा ल्याउन सकिएको छैन’ उपप्रबन्धक मास्केले भने,‘दिउँसोको समयमा उत्पादित विद्युत प्रयोगविहीन भई खेर गइरहेको छ।’

जाडोको समयमा अत्यधिक विद्युतको माग छ। माग अनुसारको आपूर्ति नहुँदा लोडसेडिङको समस्या हुने गरेको उनले बताए।

विद्युत प्राधिकरण र सल्लेरी च्याल्सा विद्युत कम्पनीबीच दुईमहिना अघि किनबेचको सम्झौता भएको थियो।

केही आयोजना निर्माणाधीन

सोलु करिडोरमा अन्य जलविद्युत आयोजना पनि निर्माणाधीन छन्। सबैभन्दा बढी ८२ मेगावाटको तल्लो सोलु हाइड्रोको निर्माण पनि अन्तिम चरणमा पुगेको छ। तर, विद्युत प्राधिकरणले प्रसारणलाइन विस्तारमा ढिलाइ गर्दा निर्माणमा पनि असर परेको छ। धेरै निर्माणाधीन अवस्थामा रहेका हाइड्रो पावरहरु प्रसारण लाइनको पर्खाईमा छन्।



बेनी हाइड्रो पावरका सञ्चालक पिजि शेर्पाले सोलु करिडोर क्षेत्रमा १३२ केभी प्रसारण लाइन निर्माणमा ढिलाइ हुँदा उत्पादन भएको विद्युत् खेर जाने अवस्था हुन नदिन आफूहरूले पनि पावर हाउसको निर्माणको कामलाई तीव्र गतिमा अगाडि बढाउन नसकेको बताए।

‘प्रसारण लाइनको काम पूरा नभएसम्म विद्युत उत्पादनको कामले सार्थकता पाउने अवस्था अहिले देखिएको छैन’सञ्चालक शेर्पाले भने,‘ आगामी बैशाखसम्ममा विद्युत उत्पादन गर्ने लक्ष्य राखेका छौँ।’प्रसारण लाइनको कामले हाम्रो पावर हाउसको कामको गति पनि भरपर्ने अवस्था छ।’

खेर जान्छ बिजुली हजार, अध्याँरोमै सल्लेरी बजार

सोलु हाइड्रो र तल्लो सोलु हाइड्रोसहित हाइड्रो पावर निर्माण सम्पन्न भए पनि पनि प्रसारण लाइनमा नजोडिँदा सदरमुकाम सोलु सल्लेरी सहितका क्षेत्रमा स्थानीय अहिले पनि लोडसेडिङको मार खेपिरहेका छन्।

एकातर्फ निर्माण सम्पन्न भएका हाइड्रो पावरबाट उत्पादित विद्युत खेर गएको छ भने अर्कोतर्फ ग्रामीण विद्युतीकरण नहुँदा सदरमुकाम सोलु सल्लेरी सहितका क्षेत्रका स्थानीय अँध्यारोमा बसिरहेका छन्।



सोलु गएको वैशाखामा राष्ट्रिय प्रसारण लाइनमा जोडिएको थियो। तर पनि सबै क्षेत्रमा प्रसारण लाइन नपुगेकाले लोडसेडिङको अवस्था अहिले पनि रहेको नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्रका प्रमुख वेदराज पौडेलले जानकारी दिए।

दैनिक लोडसेडिङ

उनले सोलु दुधकुण्ड नगरपालिकाअन्तर्गत १,२,४,५,६ र ७ नम्बर वडामा माग अनुसारको विद्युत सप्लाई नहुँदा लोडसेडिङ हुने गरेको बताए।

सदरमुकाम सोलु सल्लेरीसँगै दोर्पु बजार ६ र ७ नम्बर वडामा  पर्दछ। यी वडामा राष्ट्रिय प्रसारणको लाइन विस्तार भएको छैन। यी क्षेत्रमा सल्लेरी च्याल्सा विद्युत कम्पनीले विजुली सप्लाई गर्दै आएको छ।

प्रदेश सांसद बुद्धीकुमारराज भण्डारीका अनुसार सोलु करिडोर क्षेत्रमा १३२ केभी प्रसारण लाइन निर्माणमा ढिलाइ हुँदा यहाँका करिब १२ सय घर परिवारले विहान बेलुका गरी दैनिक एक÷एक घण्टा लोडसेडिङका मार बेहोर्न बाध्य छन्।

प्रदेश सांसद भण्डारीले सोलु करिडोर सञ्चालनमा जग्गा प्राप्तिमा समस्या, स्थानीयको माग, वनक्षेत्रको जग्गाा उपयोग, पहुँचमार्गको समस्या र जग्गाको मुआब्जाको विषयमा विवाद जस्ता समस्या रहेकाले प्रसारण लाइनको विस्तारमा ढिलाई हुदा सोलुबासी अध्याँरोमा बस्न बाध्य भएको बताए।

उनले सोलु करिडोरको प्रसारण लाइनको कामलाई यथाशीघ्र समस्या समाधान गर्नसमेत सरकारको ध्यानाकर्षण गराए।

प्रदेश सांसद भण्डारीका अनुसार सोलु करिडोर अन्तर्गत १८ मेगावाटको  अप्पर सोलु, ८२ मेगावाटको तल्लो सोलु, ८६ मेगावाटको  सोलु खोला दूधकोशी जलविद्युत् आयोजना र ३५.५ मेगावाटको सोलु जलविद्युत आयोजना  गरि १२ वटा आयोजना निर्माणाधीन अवस्थामा छन्।

सल्लेरी च्याल्सा विद्युत कम्पनी लिमिटेडले ६ सय ३३ किलोवाट विद्युत उत्पादन गर्दै आएको छ।

प्रसारण लाइन विस्तारमा समस्यै समस्या

सोलुखुम्बु र आसपासका क्षेत्रका जलविद्युत् आयोजनाहरूबाट उत्पादित विद्युतलाई सोलुखुम्बु, ओखलढुंगा र उदयपुरमा वितरण गरी बाँकी रहेकोलाई राष्ट्रिय प्रशारण लाइनमा जोड्न सोलु करिडोर प्रसारण लाइनको निर्माण भइरहेको छ।

सिराहाको मिर्चैयादेखि उदयपुर, ओखलढुंगा हुँदै सोलुखुम्बुको तिङ्लासम्म ९० किलोमिटर प्रसारण लाइन निर्माण भइरहेको हो।​ सोलु करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइन आयोजना निर्माणको काममा कतिपय स्थानमा व्यवधान उत्पन्न भएका छ।

सिराहाको मिर्चैयादेखि उदयपुर, ओखलढुंगा हुँदै सोलुखुम्बुको तिंलासम्मको प्रसारण लाइनको लम्बाइ ९० किलोमिटर छ। प्रसारण लाइनमा पर्ने कुल ३०३ टावरमध्ये २०७ को जग हालिएको छ भने ४३ खडा गरिएको छ।

सोलुखुम्बु र आसपासका क्षेत्रका जलविद्युत् आयोजनाहरुबाट उत्पादित विद्युतलाई सोलुखुम्बु, ओखलढुंगा र उदयपुरमा वितरण गरी बाँकी रहेको राष्ट्रिय ग्रीडमा जोड्न सोलु करिडोर प्रसारण लाइनको निर्माण जोडने योजना रहेका छ। तर, उदयपुरको कटारीस्थित मरुवा हरित सामुदायिक वन क्षेत्रका स्थानीयको अवरोधका कारणले एक वर्षभन्दा बढीदेखि त्यहाँ निर्माण रोकिएको छ।स्थानीय हाइड्रो पावरबाट उत्पादित विद्युत प्रसारण लाइनमा जोडन समेत सकिएको छैन।

हर्जना तिर्दै प्राधिकरण

२०७२ चैतमा ठेक्का सम्झौता भएर काम सुरु भएको सोलु कारिडोर निर्माण नहुँदा प्राधिकरणले ठूलो घाटा सहनुपरेको छ। १३२ केभी डबल सर्किट प्रसारण लाइन आयोजनाअन्तर्गत उदयपुरको कटारी नगरपालिका–४ मरुवामा अवरोध छ। यो आयोजना गत माघमै पूरा भइसक्नुपर्ने थियो।

स्थानीय बासिन्दाले प्रसारणलाइनको रुट सार्न माग राख्दै झण्डै तीन वर्ष अघिदेखि निर्माणमा अवरोध गरिरहेका छन्। त्यस क्षेत्रमा नौ वटा टावर ठडाउन बाँकी छ।

सोलुखुम्बु क्षेत्रका आयोजनाहरूका विद्युत सोलुखुम्बु, ओखलढुंगा र उदयपुरमा वितरण गरी बाँकी राष्ट्रिय ग्रिडमा जोड्न सोलु करिडोर प्रसारण लाइन बनाउन परेको हो।

सिराहाको मिर्चैयादेखि उदयपुर, ओखलढुंगा हुँदै सोलुको तिंलासम्मको प्रसारण लाइन ९० किलोमिटर लामो छ। यसका लागि ३०३ वटा टावर बनाउनुपर्छ।

सोलुखुम्बुको तिंलामा १३२ र ३३ र ३३ र ११ केभी सबस्टेसन निर्माण र चार्जसमेत भइसकेको छ। यो सँगै सिराहाको लाहानबाट तिंलासम्म ३३ केभी लाइन पुगेको छ।

सोलु करिडोर प्रसारण लाइन बन्ने भएपछि प्राधिकरणले त्यस क्षेत्रका एक दर्जनभन्दा बढी जलविद्युत आयोजनासँग ३५० मेगावाटभन्दा बढी विद्युत खरिद–बिक्री सम्झौता (पिपिए) गरेको छ। यो लाइन नबन्दा २०७६ माघ २० देखि व्यवसायिक उत्पादन गर्दै आएको सोलुखोला हाइड्रो पावरको २३ मेगावाटमध्ये ४.५ मेगावाटबाहेक सबै बिजुली खेर गइरहेको छ। खेर गएको बिजुलीको मूल्यको ४५ प्रतिशत हर्जना प्राधिकरणले तिरिरहेको छ।

९५ प्रतिशत काम सकियो

८२ मेगावाटको तल्लो सोलु आयोजनाको ९५ प्रतिशत काम सकिएको आयोजना प्रमुख जनार्दन गौतम बताउँछन्। उनका अनुसार कुल ३०२ मध्ये २८८ वटा टावर पनि बनिसकेको छ। किलोमिटर प्रसारण लाइनमध्ये ४५ किलोमिटरमा डबल सर्किट लाइन (तार) टाङ्ने काम पनि सकिएको छ। अहिले मरुवाबाहेक अन्यत्र तार तान्ने काम हुँदैछ।

स्थानीयले माग गरेजस्तो लाइनको रुट सार्न नसकिने प्राधिकरणको अडान छ। घनावस्ती र खेतियोग्य जमिनलाई कम क्षति पुग्ने गरी रुट तय गरिएको तर्क प्राधिकरणको छ।

माग हुँदैमा रुट सार्न थाले कुनै पनि लाइन बनाउन नसकिने प्राधिकरणले बताउँदै आएको छ। ऐलानी जग्गा भोगचलन गरी फिल्डबुकमा नाम भए मूल्यांकित रकमको ७५ प्रतिशतसम्म र फिल्डबुकमा नभएकाले अधिकतम ६६ प्रतिशतसम्म क्षतिपूर्ति पाउने अहिलेको व्यवस्था छ।

भारतीय एक्जिम बैकको सहुलियतपूर्ण ऋणमा प्राधिकरणले निर्माण गर्ने सोलु करिडोर आयोजना ठेकेदार छनोट विवादका कारण झण्डै दुई वर्ष ढिला सुरु भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.