|

काठमाडौं : प्रतिनिधिसभाको सार्वनिक लेखा समितिले स्वास्थ्य सामग्री खरिद नियमसंगत नभएको भन्दै छानविन गरी कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्र पठाउने निर्णय गरेको छ।
समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि गत चैतमा भएको स्वास्थ्य सामग्री खरिद नियमसंगत नभएको ठहर गर्दै छानविन गरी कारबाही गर्न अख्तियारलाई पत्र पठाउने निर्णय गरेको हो।

बैठकका निर्णय सुनाउँदै समिति सचिव डा. रोजनाथ पाण्डेले कोकसले अनियमितता गरेको छ छानविन गरी कारबाही गर्न पत्र पठाउने निर्णय भएको बताए।

उनले भने, ‘आज माननीय मन्त्रीसँग विभिन्न कोणबाट छलफल भयो। माननीय सदस्यहरुले पनि स्वास्थ्य उपकरण र औषधि खरिदसँग सम्बन्धित कोभिड १९ सँग जोडिएको मुद्दामा विगत २०७६ सालको चैत महिनामा भएको खरिद प्रक्रिया पूर्ण रुपमा नियमसंगत नभएको कारणले र यसमा विभिन्न पदाधिकारीहरुको संलग्न हुनुहुन्छ। उहाँहरु दोषी हुनुहुन्छ। दोषी करार गर्ने अवस्था सिर्जना भएको हुनाले यसको थप छानविन गरेर कोको दोषी हुनुहुन्छ, कसकसले अनियमितता गर्नुभएको छ त्यो कुरा पहिचान गरेर कानुनी कारबाही गर्नको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई लेखी पठाउने  निर्णय भएको छ।'

समितिले स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई बैठकमा बोलाएर स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितता सम्बन्धमा छलफल गरेको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.