|

भारतमा किसानहरूको आन्दोलन सुरु भएपछि २५ जना कृषकको मृत्यु भएको छ। आत्महत्या गरेर २ जना, विभन्न रोग लागेर १४ र अन्यलाई हृदयाघातका कारण मृत्यु भएको हो।

केन्द्रीय सरकारले कृषि विधेयक ल्याएपछि केही सातादेखि किसानहरुले दिल्लीमा आन्दोलन गर्दै आइरहेका छन्। दशौं हज्जारौं किसानले त्यसको विरोधमा दिनहुँ प्रदर्शन गरिरहेका छन्।​ हरियाणाका प्रहरी अधिकृत मनोज यादवका अनुसार २६ नोभेम्बर देखि २५ जना कृषकको मृत्यु भएको हो।

प्रहरी अधिकृतले अल जजिरालाई भने,'१० जना कृषकको सडक दुर्घटनामा परेर मृत्यु भएको हो। उनीहरू पन्जाबबाट प्रदर्शनमा सहभागी हुनलाई आएका थिए।

किसान आन्दोलनको नेतृत्व गरिरहेका दर्शन पालले भने,' ३५ जनाभन्दा बढीको मृत्यु भएको छ। मृत्युको कारण अन्य केही नभई कृषि विधेयक रहेको छ। विधेयकले किसानलाई भन्दा पनि ठूला-ठूला घरानालाई सहयोग गर्छ।'

प्रदर्शनमा सहभागी हुन आएका सडक दुर्घटनामा परी पाँच जना कृषकको मृत्यु भएको किसान आन्दोलन संघर्ष समितिका प्रवक्ता आसुतोस मिश्रले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.