|

काठमाडौं :  कोरोना भाइरस महामारीविरुद्धको प्रतिबन्ध तोडेका कारण चिलीका राष्ट्रपति सेबास्टियन मिन्येरामाथि ३ हजार ६ सय अमेरिकी डलर बराबरको जरिवाना गरिएको छ।

एक  महिलाका साथ राष्ट्रपति मिन्येराको एउटा सेल्फी सामाजिक सञ्जालमा भाइरल बनेको थियो। उक्त तस्वीरमा न त राष्ट्रपतिले मास्क लगाएका थिए न त महिलाले नै। तस्वीर भाइरल भएपछि राष्ट्रपतिले माफी मागेका थिए। काचागुआ शहरको समुद्रतटमा महिलाले सेल्फी लिन चाहेपछि उनले मास्क उतारेका थिए। कोरोना महामारीका कारण चिलीमा कडा प्रतिबन्ध लगाइएको छ। 

चिलीको सार्वजनिकस्थलमा मास्क लगाउनु अनिवार्य गरिएको छ। चिलीमा मास्क नलगाएको खण्डमा जरिवानाका साथसाथै जेल सजायको व्यवस्था पनि गरिएको छ।

ल्याटिन अमेरिकी देशमध्ये चिली सबैभन्दा बढी कोरोना प्रभावित देश हो।  चिलीमा हालसम्म ५ खाल ८१ हजार १ सय ३५ जना कोरोना संक्रमित छन्। कोरोनाका कारण १६हजार ५१ जनाको मृत्यु भइसकेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.