|

एजेन्सी :  भारतमा कोरोना भाइरसको संक्रमण दर घट्दै गएको छ। पछिल्लो २४ घण्टामा त्यहाँ १९ हजार ५ सय ५६ जना नयाँ संक्रमित थपिएका छन्। यो गत २ जुलाई यताकै न्यून संख्या हो।

त्यहाँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा पछिल्लो २४ घण्टामा ५ महिनायताकै कम संख्यामा संक्रमितहरु थपिएको जनाएको छ। यस्तै विगत २४ घण्टामा त्यहाँ ३ सय १ जनाको मृत्यु भएको छ।

अधिकारीहरुका अनुसार भारतमा सक्रिय संक्रमितको संख्या पनि न्यून हुँदै गएको छ। हाल २ लाख ९२ हजार ५ सय १८ जना सक्रिय संक्रमित रहेका छन्। एक दिनमा ३० हजार ३ सय ७६ जना व्यक्ति संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्।

हालसम्म् भारतमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ९६ लाख ३६ हजार ४ सय ८७ छ । हालसम्म १ करोड ७५ हजार १ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो १ लाख ४६ हजार १ सय ११ जनाको मृत्यु भएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.