|

काठमाडौं : पाकिस्तानको राजधानी इस्लामावादमा कृष्ण मन्दिर बन्ने भएको छ। राजधानी विकास प्राधिकरण (सिडीए) ले हिन्दु समुदायको शहरमा प्रस्तावित कृष्ण मन्दिर निर्माणको अनुमति दिएको हो। 

सत्तारुढ पाकिस्तान तहरीक ए इन्साफ (पीटीआइ) पार्टीका अल्पसंख्यक समुदायका सांसदले शहरमा पहिलो नयाँ हिन्दु मन्दिर बनाउने निर्णयलाई महत्वपूर्ण कदम भन्दै स्वागत गरेको छ। सीडीएले इस्लामावादको हिन्दु पञ्चायतका अध्यक्षलाई एक पत्र लेख्दै मन्दिर, सामुदायिक भवन र दाहसंस्कार स्थल बनाउनका लागि सशर्त अनुमति दिएको बीबीसीले उल्लेख गरेको छ। पत्रमा मन्दिरको उचाइ सात फिटभन्दा अग्लो हुन नहुने शर्त राखिएको छ। पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज सरिफको सरकारले सन् २०१७ मा मन्दिर निर्माणका लागि इस्लामावादमा जमिन उपलब्ध गराएको थियो। 

यो जमिनमा हिन्दु समुदाय कृष्ण मन्दिर बनाउन चाहन्थे। मन्दिरको निर्माण गर्न थालनी भएसँगै केही धार्मिक संस्थाहरुको विरोध भएपछि निर्माण रोकिएको थियो। त्यसपछि सरकारले इस्लामिक वैचारिक परिषदसँगको सुझावपछि मन्दिर निर्माणका लागि अनुमति दिने निर्णय लिएको हो। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.