|

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी नेकपाको केन्द्रीय सदस्य तथा पूर्व-कानुनमन्त्री शेरबहादुर तामाङ अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको बैठकमा जाने भएका छन्। 

नेता तामाङ सोमबार प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले बोलाएको सांसदहरूको बैठक र मंगलबार केन्द्रीय सदस्यहरुको बैठकमा गएका थिए। 

‘केही दिन प्रधानमन्त्री ओली पक्षको बैठकमा सहभागी थिए। तर, आजबाट प्रचण्ड पक्षको बैठकमा सहभागी हुन्छु’ उनले थाहाखबरसँग भने, ‘केही दिन ओली पक्षको बैठकमा सहभागी भए पनि त्यस्तो परिस्थिति बनेन त्यसैले अध्यक्ष दाहाल पक्षको बैठकमा जाने निर्णय गरेको हुँ।’

‘दुवै पक्षको शीर्ष नेताहरूप्रति मेरो सम्मान छ। तर, मुलुकमा जुन खालको परिस्थिति सिर्जना भयो। जनता र पार्टीको हितमा छैन’ उनले भने, ‘तर, पनि अझै एकताको पक्षमै छु।’

पार्टी आधिकारिक रूपमा नफुटेको भए पनि अध्यक्ष दाहाल पक्षको बैठकमा जाने उनले बताए। नेता तामाङ सिन्धुपाल्चोक प्रतिनिधिसभा २ बाट निर्वाचित सांसद हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.