|

काठमाडौं : नेकपाका दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरूले आजैदेखि सरकारविरुद्ध आन्दोलन सुरु गरिसकेको र यो दिनहुँ पनि हुन सक्‍ने बताएका छन्। बबरमहलस्थित कार्की ब्यांक्वेटमा जारी बैठकमा उनले यस्तो बताएका हुन्।

‘हामीले आजैबाट सुरु गरिसकेका छौँ’ अबदेखि दिनदिनैजसो आन्दोलनका कार्यक्रम हुने सम्भावना छ' उनले भने।

कार्यक्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा गरिएको प्रतिनिधिसभा विघटनविरूद्ध संयुक्त आन्दोलनको चरणमा आफूहरू पुगेको बताए। उनले नेपाली कांग्रेस‚ जनता समाजवादी पार्टीलगायतसँग संयुक्त आन्दोलन गर्नेबारे छलफल भइरहेको पनि सुनाए।

पुस ५ गते संसद् विघटन भएपछि त्यसको विरोधमा सत्तारूढ नेकपा नै दुई ध्रुवमा विभाजन भइसकेको छ। एक समूहको नेतृत्व प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेका छन् भने अर्को समूहको नेतृत्वमा पुष्पकमल दाहाल र माधव नेपालले नेतृत्व गरेका छन्।

यी दुवै समूहले आफू-आफूलाई नै वैधानिक नेकपा रहेको दाबी गर्दै आएका छन्। त्यसै क्रममा शुक्रबार पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल पक्ष आफूहरूलाई आधिकारिकता दिन भन्दै नारा जुलुससहित निर्वाचन आयोग पुगेर ज्ञापनपत्र बुझाइसकेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.