|

काठमाडौं : अन्तत: धितोपत्र बोर्डले ब्रोकर कमिसन घटाएको छ। धेरैजसो सेयर कारोबार अनलाइनबाट हुने गरेको र ब्रोकरको भूमिका कम रहेको भन्दै लामो समयदेखि ब्रोकर कमिसन घटाउनुपर्ने माग उठ्दै आएको थियो।

तर, ब्रोकर कमिसन घटाउने विषयमा बोर्डले पटक-पटक समयसीमा तोक्दै आए पनि निर्णयमा पुग्न भने सकेको थिएन।  तर यसपटक भने धितोपत्र बोर्डले कारोबार रकमका आधारमा ब्रोकर कमिसन घटाएको छ। समायोजन गरिएको ब्रोकर कमिसन पुस १२ गते आइतबारदेखि लागू हुने बोर्डले जनाएको छ।

जसअनुसार तोकिएको कमिसन रकम यसबमोजिम हुनेछ :

५० हजारसम्मको कारोबारमा ० दशमलव ४० प्रतिशत

५० हजारदेखि ५ लाखसम्मको कारोबारमा ० दशमलव ३७ प्रतिशत

५ लाखदेखि २० लाखसम्मको कारोबारमा ० दशमलव ३४ प्रतिशत

२० लाखदेखि माथि १ करोडसम्मको कारोबारमा ० दशमलव ३० प्रतिशत र

१ करोडमाथि जतिसुकै रकमो कारोबारमा ० दशमलव २७ प्रतिशत ब्रोकर कमिसन तोकिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.