|

काठमाडौं : जापानमा पनि नयाँ प्रकारको कोरोना भाइरस देखिन थालेपछि यसको नियन्त्रणका लागि आफ्नो देशमा विदेशीहरुलाई आउन प्रतिबन्ध लगाउने भएको छ।

बेलायतमा भेटिएको नयाँ खाले कोरोना भाइरस सात जनामा देखिएपछि त्यहाँको सरकारले भोलिबाट लागू हुने गरी केही समयका लागि प्रतिवन्ध लगाउने जनाएको छ।

जापानले यसअघि पनि गत चैतमा ७० भन्दा बढी देशका नागरिकलाई आफ्नो देश प्रवेशमा प्रतिबन्ध लगाएको थियो। पछिल्लो प्रतिबन्ध जनवरी अन्त्यसम्म जारी रहने जापान सरकारले निर्णय गरेको छ। थाइल्यान्ड, भियतनाम, दक्षिण कोरिया र ताइवान लगायत १० देशका नागरिकहरुमाथि भने प्रतिबन्ध लगाइने छैन्। नेपालीहरुका लागि भने जापान प्रवेशमा रोक लगाइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.