|

विराटनगर : नेपाली कांग्रेसले संसद् विघटनविरुद्ध आज विराटनगरमा विरोध प्रदर्शन गरेको छ। संसद् विघटनविरुद्ध देशैभर आन्दोलन गर्ने कार्यक्रमअनुसार कांग्रेसले विराटनगरमा विरोध प्रर्दशनको गरेको हो।

विराटनगरको विरेन्द्र सभागृहबाट शुरु भएको विरोध र्‍याली नगरको मुख्यचौकको परिक्रमा गरी जनआन्दोलचौकमा गएर कोण सभामा परिणत हुने बताइएको छ।


विरोध र्‍यालीको नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले नेतृत्‍व गरेका छन्। कांग्रेसको विरोध प्रदर्शनको कार्यक्रममा गाउँ-गाउँबाट आफना कार्यकर्ता विराटनगरमा उतारेको छ। प्रधानमन्त्रीको संसद विघटन गर्ने कदम असंवैधानिक एवंम अलोकतान्त्रिक भएको निष्कर्षसहित कांग्रेसले देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा विरोध कार्यक्रम गर्ने तय गरेको थियो। सरकार अलोकतान्त्रिक बाटोमा हिड्न खोजेको भन्दै कांग्रेसका कार्यकर्ताले विरोध प्रदर्शनका क्रममा ओलीविरुद्ध चर्का नारासमेत लगाएका छन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.