|

विराटनगर : प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमको विरुद्ध प्रचण्ड र माधबकुमार नेपाल समूहको नेकपाले विराटनगरमा मंगलबार प्रदर्शन गरेको छ। नेकपाले प्रतिनिधिसभा विघटनको विरुद्धमा विराटनगरमा शक्ति प्रदर्शन गरेको हो।

विराटनगरको वीरेन्द्र सभागृहबाट सुरु भएको जुलुसले अहिले नगर परिक्रमा गरिरहेको छ। गाँउ-गाँउबाट कार्यकर्ता उतारेको दाहाल-नेपाल समूहले विरोध प्रदर्शनले विराटनगरका मुख्य चौकको परिक्रमापछि जनआन्दोलन चोकमा पुगेर सभामा परिणत हुनेछ।

कोण सभालाई प्रस्तावित संसदीय दलका नेता भीम आर्चाय लगायतका केन्दीय नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपा मोरङले जनाएको छ।

केही तस्वीर झलक : 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.