|

काठमाडौं : भोलिबाट अनलाईन पुन : श्रम स्वीकृति खुल्ने भएको छ। वैदेशिक रोजगार विभागले एक सूचना जारी गर्दै अनलाईन प्रणालीबाट पुन : श्रम स्वीकृतिको कार्य भोलि (शुक्रबार)बाट खुला गर्ने जानकारी दिएको हो।

‘श्रम स्वीकृति लिन चाहने बैदैशिक रोजगारीमा कार्यरत नेपाली नागरिकहरुले म्यादी जीवन बीमा र कल्याणकारी कोषको रकम भुक्तानी गरी अनलाईन माध्यमबाट नै श्रम स्वीकृतिको आवेदन दिई श्रम स्वीकृति प्राप्त गर्न सकिने गरी अनलाईन प्रणालीबाट पुन : श्रम स्वीकृतिको कार्य १७ गतेबाट सूचारु हुने छ।’ सूचनामा भनिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.