|

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी नेकपाको केन्द्रीय सदस्य तथा पूर्व-उद्योगमन्त्री कर्णबहादुर थापाले स्थायी कमिटी सदस्य भीम रावलले सुदूरपश्चिम प्रदेश कमिटीको नाममा रहेको ३० लाख रुपैयाँ गायब पारेको आरोप लाएका छन्। 

पूर्वमन्त्री थापाले बिहीबार फेसबुकमा लेख्दै नेता रावलले ३० लाख गायब पारेको आरोप लगाएका हुन्। प्रधानमन्त्री केपी शर्मा ओलीनिकट थापाले नेकपा विभाजन गर्नका लागि महत्वपूर्ण भूमिका खेलेको समेत आरोप लगाएका छन्। 

‘नेकपालाई विभाजन गर्न १९ पेजको गाली गलौजको लिखत तयार पार्न मुख्य भूमिका खेल्नेमध्येका एक डा. भीम रावललाई पार्टी विभाजन किन चाहिएको रहेछ? भन्ने कुरा सुदूरपश्चिम प्रदेश कमिटीको नाममा रहेको ३० लाख गायब पारेपछि स्पष्ट भएको छ’ उनले लेखेका छन्, ‘पार्टीको बैंक खाता अध्यक्षको हैसियतले मेरो, कार्यालय सचिव दिनेश चन्द्र सुवेदी र सचिव नेपबहादुर चौधरीको नाममा रहेको थियो।’

नेता रावलले बैंकमा समेत दबाब दिएर पार्टीको ३० लाख गायब पारेको दाबी गरेका छन्। पार्टी फुटको तहमा पुगेपछि दिनेशचन्द्र सुवेदी र नेपबहादुर चौधरीलाई पार्टी सम्पत्ति साझा भएकाले बैंकबाट पैसा निकाल्नको लागि हस्ताक्षरको दुरुपयोग नगर्न आग्रह गरेको बताएका छन्। 

‘पार्टी फुटको तहमा पुगेपछि मैले दिनेश चन्द्र सुवेदी र नेपबहादुर चौधरीलाई पार्टी सम्पत्ति साझा हो। बैंकबाट पैसा निकाल्नको लागि हस्ताक्षरको दुरुपयोग नगर्नु होला। राजनीतिक विवाद र पक्षधरता आफ्नो ठाउँमा छ तर सम्पत्तिको दुरुपयोग भयो भने व्यक्तिगत जिम्मेवार लिनु पर्दछ भनेको थिए। पार्टी कार्यालयमा तालाबन्दी भएका कारणले कृषि विकास बैंक धनगढीका म्‍यानेजरलाई पार्टीको नामबाट चेक आएमा पैसा नदिनु होला भनेर पनि भनेको थिए’ उनले लेखेका छन्, ‘तर डा. भीम रावलको दबाबमा पार्टीको ३० लाख गायब पारिएको छ।’ 

उनले नेता रावलको आपराधिक मानसिकताको उपज भएको आरोप लगाए। आम पार्टी कार्यकर्ता र नेपाली जनतालाई फुटवादीको यथार्थता बुझिदिनका लागि अनुरोधसमेत गरेका छन्।

उनको फेसबुक स्टाटस जस्ताको तस्तै :

नेकपालाई विभाजन गर्न १९ पेजको गाली गलौजको लिखन तयार पार्न मुख्य भूमिका खेल्ने मध्येका एक डा. भीम रावललाई पार्टी विभाजन...

Posted by Karna Bahadur Thapa on Wednesday, 30 December 2020

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.