|

काठमाडौं : अन्तर्राष्ट्रिय नेपाली कविता प्रतियोगिता २०२० को विजेताहरूलाई पुरस्कार वितरण गरिएको छ। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय कार्यसमिति तथा अनेसास नेपालद्वारा प्रज्ञाभवन कमलादीमा अयोजित समारोहमा पुरस्कार वितरण गरिएको हो।

नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति डा. विष्णुविभू घिमिरेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमा पुरस्कृत कविहरू विराटनगरका राधिका गुरागाईंको ‘इन्द्रेणी सपनाहरू’ प्रथम, उदयपुरका जीवन आरोहीको ‘निमन्त्रणा’ द्वितीय, झापाका केशव भट्टराईको ‘पर्खाई’ तृतीय तथा खोटाङका शुभचन्द्र राईको ‘कथाको पात्र’ र कन्सास, मिजौरी अमेरिकाकी कल्पना तामाङको ‘विभेदको पानी’ शीर्षकका कविताले सान्त्वना स्थान हासिल गरेको थियो।

प्रतियोगिताका प्रथमलाई ५०० अमेरिकी डलर, दोस्रोलाई ३०० अमेरिकी डलर, तेस्रोलाई २०० अमेरिकी डलर तथा चौथो र पाँचौंलाई १०० अमेरिकी डलर र प्रमाणपत्र प्रदान गरिएको थियो।

प्रतियोगिताको निर्णायक कवि मातृका पोखरेल, प्राज्ञ डा. देवी नेपाल र समालोचक ज्ञानु अधिकारी रहेका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.