वडादेखि केन्द्रसम्म यस्ता छन् विरोधका कार्यक्रम

|

काठमाडौं  : आइतबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीका पछिल्ला गतिविधिविरुद्ध आन्दोलनमा जाने निर्णय गर्‍यो।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते संसद् विघटनका लागि सिफारिस गरेसँगै नेपाली कांग्रेसका नेताहरूले ओलीको उक्त कदमको विरोध गरे। प्रतिनिधिसभा विघटनको विषयमा हत्तपत्त नबोलेका कांग्रेस सभापति शेरबहादुर देउवाले आइतबारको बैठकबाट भने प्रधानमन्त्री ओलीविरुद्ध उत्रिने बताए। 

‘प्रतिनिधिसभा विघटन गरेको मलाई पनि राम्रो लागेको छैन भन्दै आइरहेकै छु। यो कदम अलोकतान्त्रिक, असंवैधानिक हो। अब कांग्रेस वडादेखि केन्द्र सबै तहमा ओलीको यो कदमको विरुद्धमा उत्रिनुपर्छ’ आइतबारको बैठकमा देउवाले भने।  

संसद् विघटनको विषयमा सर्वोच्चमा रिट दायर भएकोले त्यसविरुद्ध उत्रिन नहुने बताउँदै आएका देउवा एकाएक आन्दोलनका लागि कसरी तयार भए? भन्ने चासोको विषय छ। यसअघि, कांग्रेसमा सभापति देउवा समूह सर्वोच्चमा मुद्दा परिसकेको विषयमा केही नबोल्ने पक्षमा आफ्नो धारणा राख्दै आएको थियो।

उता, वरिष्ठ नेता रामचन्द्र पौडेल समूह भने संसद् विघटन गर्नु असंवैधानिक र अलोकतान्त्रिक रहेको भन्दै तत्काल आन्दोलनमा जानुपर्ने बताउँदै आएको थियो। 

‘पछिल्लो केही दिन सभापतिज्यूले पार्टीका शीर्ष नेताहरूसँग निरन्तर छलफल गरेपछि मात्रै पार्टीको आधिकारिक निर्णय आयो आन्दोलनमा जाने भनेर,’ रामचन्द्र पौडेल समूहका एक केन्द्रीय सदस्यले थाहाखबरसँग भने, ‘तर, सभापतिज्यू खै किन यस्तो असंवैधानिक कदमविरुद्ध पनि विरोधमा उत्रिन सकसमा पर्नुभयो थाहा भएन। तर, अब उहाँले के भन्नुहुन्छ भन्दा पनि पार्टीको आधिकारिक निर्णय आइसक्यो।’ 

यसअघि, पनि पार्टी सभापति देउवा नखुल्दा नखुल्दै पनि कांग्रेसले पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा विघटनको विरोध कार्यक्रम गरेको थियो। आइतबारको बैठकमा सभापति देउवाले वरिष्ठ नेता पौडेल र पूर्व-महामन्त्री कृष्णप्रसाद सिटौलाले अब आन्दोलनमा जानुको विकल्प नभएको बताएपछि देउवा आन्दोलनमा जान मञ्जुर भएका हुन्।  

‘रामचन्द्र दाइ र कृष्ण सिटौला दाइले ढिलो चाँडो अब निर्वाचनको विकल्प छैन निर्वाचनमा जानैपर्छ। पछि एक्कासि, चुनावमा टुप्लुक्क जाने कुरा भएन,’ पौडेल र सिटौलालाई उदृत गर्दै ती नेताले भने, ‘त्यसपछि सभापतिज्यू कन्भिन्स हुनुभएको हो।’ 

यस्ता छन् कांग्रेसका विरोध कार्यक्रम 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.