|

पर्सा : पर्सा जिल्लामा रहेका ६ सय ६७ सहकारी संस्थामध्ये सार्वजनिक रुपमा निकै कम संस्थाले मात्र समयमा साधारणसभालगायत वार्षिक लेखा परीक्षण लगायतका गतिविधि गर्ने गरेको पाइएको छ।

सहकारी नीतिअनुसार समयमा वार्षिक साधारणसभा गर्ने सहकारी संस्थाहरू १ सय जति पनि नभएको खुलेको हो।  
समयमा वार्षिक साधारणलगायत सामाजिक दायित्व पूरा गर्ने सहकारीमा करिब ४० वटा जति मात्र रहेको वीरगन्ज महानगरपालिकाले जनाएको छ।

पर्सा जिल्लामा रहेका अधिकांश सहकारीहरूमध्ये धेरै अहिले वीरगन्ज महानगरपालिका क्षेत्रभित्रै रहेका छन्। ती सहकारी संस्थाहरूमध्ये करिब ४ दर्जन जतिले मात्र सहकारी नीतिअनुसार समयमा आफ्नो दायित्व निर्वाह गर्ने गरेको वीरगन्ज महानगरपालिकाको भनाइ छ।  
समयमा वार्षिक साधारणसभा र सामाजिक कार्य गर्ने सहकारीहरु मध्ये वीरगन्जमा रहेको कान्तिपुर बचत तथा ऋण सहकारी संस्था निकै अब्बल रहेको राष्ट्रिय सहकारी लगानी बोर्डका सदस्य शम्भु गुप्ताले बताए।

उनले कान्तिपुर सहकारीको वार्षिक साधारणसभामा सार्वजनिक रुपमा नै यो कुरा बताएका हुन्। सहकारी नीतिअनुसार निर्धारित समयमा वार्षिक साधारण सभा र सामाजिक गतिविधि गर्ने मात्र नभई यो संस्थाले आन्तरिक तथ्यांक र हिसाबकिताब निकै स्तरीय ढंगले राखेको नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिं ( नेप्स्कुन) का सञ्‍चालक हरेराम प्रसाद पटेलले पनि बताए। उनी पनि कान्तिपुरको ११ औं वार्षिक साधारणसभामा यो कुरा भन्दै थिए। 

कान्तिपुर सहकारीले कोरोना कहरको बीचमा पनि कुल ९ करोड ९२ लाख ५४ हजार ३ सय ४३ रुपैयाँ बचत निक्षेप संकलन गरेको सो क्रममा संस्थाका अध्यक्षले बताए।

आर्थिक वर्ष ०७६/०७७ मा संस्थाले कुल ९ करोड २५ लाख २० हजार ३ सय ६० रुपैयाँ बचत फिर्ता गरी सकेको उनको भनाइ छ। आर्थिक नगरी भए पनि वीरगन्जमा नै रहेको संस्थामा साधारण स्तरका सेयरसदस्यहरु रहेकोले कारोबार अन्य केही सहकारीको जस्तो नभए पनि यो संस्थामा आ।ब। ०७६।०७७ मा कुल ६ करोड २९ लाख ५० हजार ५ सय ८५ रुपैया मात्र निक्षेप दायित्वमा रहेको संस्थाका प्रबन्धक जिस्नु बरालले बताए। 

कर्जा लगानीतर्फ भने गत आवमा संस्थाले कुल ६ करोड ७० लाख ९६ हजार ७ सय ३२ रुपैयाँ कर्जा प्रवाह गरेको उनको भनाइ छ। यो संस्थाले चालु आर्थिक बर्षका लागि भने १ करोड बाह्य ऋण समेत स्वीकृत गरी साधारण सदस्यहरुको व्यवसाय प्रवद्र्धनमा लगानी गर्ने शनिबार बसेको साधारण सभाको बन्द शत्रले पारित गरेको प्रबन्धक बरालले बताए।

बन्दसत्रले चालु आर्थिक बर्ष अझ संस्थाको निक्षेत्र संकलन १० करोड क्रस गर्ने, लगायत संस्थाको बचत नीति, आर्थिक प्रशासन नीति, मानव सम्साधान नीति, र संस्था सुशासन नीति पनि पारित गरेको संस्थाले जनाएको छ। 

संस्थाको वार्षिक साधारणसभाको खुल्ला सत्रमा सामाजिक दायित्वतर्फ संस्थाले जेहेन्दर र उत्कृष्ण विद्यार्थीमध्ये ३ जना, ज्‍येष्ठ नागरिक एक जना र उत्कृष्ट कर्मचारी, तथा संस्थामा उत्कृष्ट कारोबार गर्ने सेयर सदस्यहरूमध्ये पनि दुई जनालाई सम्मान गरेको छ।

वीरगन्ज बजारमा ठूलो लगानीमा सञ्‍चालित सहकारीको दाँजोमा ठूलो कारोबार गर्न नसके पनि स्तरीय आन्तरिक तथ्यांक राख्ने र हरेक कुरा सहकारी नीतिअनुसार समयमा गर्ने संस्थाका रुपमा यो संस्था चर्चामा आएको छ। 

एक दशक पार गर्दा संस्थाले राम्रो सफलता प्राप्त गर्न सके पनि संस्थालाई आर्थिक र सामाजिक रूपमा पनि थप स्तरीय सावित गराउने लक्ष्य रहेको सहकारी संस्था पर्साको मेनेजर्स क्लबका अध्यक्षसमेत रहेका कान्तिपुर सहकारीका प्रवन्धक बरालले दाबी गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.