|

काठमाडौं : अमेरिकाको राजधानीमा भएको हिंसात्मक आक्रमणमा ज्यान गुमाउनेको संख्या चार पुगेको छ।

राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले संसद् भवनमा गरेको आक्रमणको क्रममा एक महिलाको गोली लागेर तथा अन्य तीनजनाको अस्पताल लैजाँदै गर्दा निधन भएको वासिंगटन प्रहरीले जनाएको छ।  

एक महिलाको संसद् भवनमै गोली लागेर मृत्यु भएको हो। अरू एक महिला तथा दुई पुरुषको अस्पताल लैजाँदै गर्दा बाटोमै ज्यान गएको डिसी प्रहरी प्रमुख रोबर्ट कोन्टीले बताएका छन्।

राजधानीमा भएको झडपमा  १४ सुरक्षाकर्मी घाइते भएका छन्। अहिलेसम्म प्रहरीले ५२ जना भन्दा बढीलाई पक्राउ गरेको छ। त्यसमध्ये ४७ जना कर्फ्यू उल्लंघन गरेका कारण पक्राउ परेका हुन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.