|

धनगढी : प्रधानमन्त्री केपी शर्मा ओली आमसभालाई सम्बोधन गर्न भोलि (शुक्रबार) धनगढी आउने भएका छन्। प्रतिनिधि सभा विघटन गेपछि पहिलोपटक उनी उपत्यकाबाहिर आउन लागेका हुन्। 

प्रधानमन्त्रीले सम्बोधन गर्ने धनगढीको सभामा ५० हजार नेता कार्यकर्ता उतार्ने ओली समूहको दाबी छ। सभामा जनता ल्याउन साढे तीन सय बस परिचालन गर्न नेकपा सुदूरपश्चिमका अध्यक्ष कर्ण थापाले निर्देशन दिएका छन्। 

प्रधानमन्त्री ओली उपस्थित हुने उक्त आमसभाको सुरक्षाका लागि करिब एक हजार हाराहारीमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन हुने जिल्ला सुरक्षा समितिले जनाएको छ। 

जिल्ला सुरक्षा समिति कैलालीले पनि प्रधानमन्त्रीको सुरक्षा तथा आमसभा स्थलमा सुरक्षाकर्मी खटाएको छ। प्रचण्ड–माधव नेपाल समूहका नेता कार्यकर्ताले प्रधानमन्त्रीको विरोध गर्न सक्ने भएकाले उक्त कार्य हुन नदिन सुरक्षा निकाय हाई अलर्ट गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.