प्रचण्डले माओवादीको लिगेसीको कुरा गर्न नमिल्ने सबैको तर्क

|

धनगढी : शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनपछि पहिलोपटक उपत्यका बाहिर भएको सार्वजनिक सभालाई सम्बोधन गरेका छन्। नेकपा ओली समूहको धनगढीमा आयोजित प्रदेशस्तरीय कार्यक्रममा संघिय सरकारका चार मन्त्रीले आगामी चुनावमा दुई तिहाई ल्याउने बताएका छन्। 

प्रधानमन्त्री ओलीको सम्बोधनपछि बोलेका चारैजना मन्त्रीले सरकारको समर्थन गर्दै आगामी चुनावमा दुई तिहाई ल्याउने दावी गरे। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले आफू नेकपाको मूलधारमा रहेको जिकिर गर्दै आगामी चुनावमा नेतृत्वको नेकपाको नै बहुमत आउने ठोकुवा गरे। 

यस्तै जनयुद्धका शहीद, घाइते र अपांग कार्यकर्तालाई बेवास्ता गर्ने प्रचण्डले अब माओवादी लिगेसीको कुरा गर्न नमिल्ने बताए। माओवादी लिगेसीको कुरा गर्दा पहिलो लालगद्दार प्रचण्ड र त्यसपछि मात्र आफूहरू भएको उनको भनाइ थियो।

‘शहीद परिवारलाई प्रचण्ड कमरेडले सम्झिनु भएन, जो हिजो परिवर्तनका लागि युद्ध लडेका थिए, उनीहरू आज खाडीमा छन्, भारतका गल्लीमा भौँतारिइरहेका छन्। 

अनि माओवादी लिगेसीको कुरा गर्नुहुन्छ ?’ भट्टले भने, ‘हिजो नारायणकाजीसँग एकता गर्दा कहाँ गयो माओवादीको लिगेसी ? मोहन वैद्य र विप्लवलाई अलग गर्दा लिगेसी कहाँ गयो ? लालगद्दार हो भने पहिला प्रचण्ड हो, त्यसपछि मात्र हामी हौँ।’

नेता भट्टले प्रचण्डले ३३ वर्षसम्म नेतृत्व हस्तान्तरण नगरेर पार्टी चलाउँदा पनि आफूहरूले हीनताबोध महसुस भयो भनेर नभनेको स्मरण गर्दै केही समय कुर्सी बाहिर बस्दैमा र उहाँलाई हीनताबोध र छटपटी हुनु आश्चर्य भएको बताए । यस्तै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेश ठगुन्नाले पनि आगामी चुनावमा आफूहरुले नै दुई तिहाई ल्याउने दाबी गरे। उनले ओलीले नेतृत्व गरेको पार्टी नै आधिकारीक पार्टी भएको बताए। यस्तै केही तत्वहरुले देशलाई अस्थिरता तिर लैजान खोजेको आरोप लगाए। 

ठगुन्नाले नेपालमा विकास र समृद्धिको अभियान जारी रहेको बताए। सुखी नेपाली र समृद्ध नेपालीको अभियान जारी रहेको बताए। यस्तै वन तथा वातावरण मन्त्री प्रेम आले मगरले सुदूरपश्चिममा मुख्यमन्त्री त्रिलोचन भट्टमा अचानक संस्कार हराएको बताए। सभामा उनले देशको प्रधानमन्त्री आउँदा पनि स्वागत गर्न नआएको भन्दै मुख्यमन्त्री विरुद्ध रोष व्यक्त गरेका थिए। 

‘एउटा २ पटक चुनावमा हारेको बाहुनको छोरोलाई प्रधानमन्त्री सामु बिशेष अनुरोध गरेर टिकट दिलाएको स्मरण गर्दै - ' गाउँगाउँमा उसकै लागि भोट मागे तर आज त्यही मान्छेको संस्कार हरायो’ उनले भने, ‘आज देशको प्रधानमन्त्री आउँदा स्वागत गर्न नसक्नेले शिष्टाचार बिर्सियो। यस्तै हो भने अब उनका दिन सकिए।’

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरीले सहिद तथा घाइते परिवारको माग सम्बोधन गर्न आफू नेकपा ओलीको नेतृत्व स्विकारेको बताए। उनीविरुद्ध उनकै निर्वाचित कैलाली निर्वाचन क्षेत्र नं.३ मा भइरहेको निरन्तरको विरोध प्रदर्शनलाई मत्थर पार्न उनले सार्वजनिक रुपमै प्रष्टिकरण आशयको अभिव्यक्ति दिएका थिए।

चाैधरीले भने, ‘हामीलाई आरोप लाग्ने गरेको छ, तपाईंहरु प्रचण्डलाई छोडेर किन जानुभयो भनेर। आफूले पद पाउँदा कमरेड प्रचण्डले हामीलाई लिएर तत्कालीन नेकपामा मिलाए। स्वार्थ मिल्दासम्म बस्ने, नमिल्दा छोडेर जाने? उहाँ पद लोलुप हो कि, हामी ?’ 

यस्तै आधिकारिक नेकपा ओली नेतृत्वको नेकपा नै भएको बताउदै चुनावमा दुई तिहाई ल्याउने बताए। यस सभाको तयारीका लागि संघीय सरकारका चार मन्त्री चार दिनअघि नै धनगढी आएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.