|

उत्तर कोरियाली नेता किम जोङ उनले अमेरिकालाई आफ्नो देशप्रतिको शत्रुतापूर्ण नीति अन्त्य गर्नुपर्ने बताएका छन्। उत्तर कोरियाको सरकारी समाचार समिति, केसिएनएले समाचार समितिका अनुसार उत्तर कोरियाली नेता उनले अमेरिकालाई आफ्ना देशका विरुद्ध अमेरिकाले पहिलेदेखि नै शत्रुतापूर्ण नीति लिएकोले त्यसको अन्त्यका लागि आग्रह गरेका हुन्।

उत्तर कोरियाली सत्तारुढ पार्टीको आठौं कांग्रेस बैठकमा नेता उनले सो कुरामा जोड दिएको शनिबार सो समाचार समितिलाई उद्धृत गर्दै विभिन्न पश्चिमा सञ्चारमाध्यमहरुले बताएका छन्।

 उनले अमेरिकाले आफ्नो देशसँगको शत्रुतापूर्ण नीति अन्त्य गरेपछि मात्र उत्तर कोरिया र अमेरिका बीचको सम्बन्ध आगामी दिनहरुमा सहज हुने बताए। अमेरिकामा डोनाल्ड ट्रम्पले निर्वाचन हारेर जो बाइडेन नयाँ राष्ट्रपतिका रुपमा निर्वाचित भएपनि अहिलेसम्म उत्तर कोरियाली नेताले भने अमेरिकी निर्वाचन र त्यसपछिको नेतृत्वका बारेमा कुनै प्रतिक्रिया दिएका थिएनन्। उत्तर कोरियाली नेता किमले यही जनवरी २० मा अमेरिकाको राष्ट्रपतिमा जो बाइडेन नियुक्त हुन लागेको केही दिनमात्र अघि शनिबार यस्तो प्रतिक्रिया दिएका हुन्।

उनले दक्षिण कोरियाका बारेमा पनि यस्तै प्रतिक्रिया दिएका थिए। दक्षिण कोरियाले पनि आफ्नो देशप्रति विगतको जस्तो शत्रुतापूर्ण सम्बन्धको नीति नलिने हो भने दक्षिण कोरियासँगको सम्बन्ध पनि तीन वर्षअघिको जस्तै अवस्थामा पुग्ने धारणा व्यक्त गरे।

उत्तर कोरियाली नेता किम र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच तीन वर्षअघि उच्चस्तरीय वार्ता पनि भएको थियो। त्यस वार्ताको समन्वय दक्षिण कोरियाले गरेको थियो। त्यसैले गएका कैयौँ दशकपछि पछिल्लो पटक करिव तीन वर्ष अघि भने उत्तर कोरिया र दक्षिण कोरिया बीचको सम्बन्धमा सुधार आएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.