|

भक्तपुर : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं नेता प्रदीप गिरिले संविधानमा दुईवटा संशोधन आवश्यक भएको बताएका छन्। नेपाली कांग्रेस भक्तपुर निर्वाचन क्षेत्र नं. २ प्रदेशसभा क्षेत्र नं. ‘ख’ ले शनिबार बोडेमा आयोजना गरेको विरोधसभामा नेता गिरिले संविधानमा दुईवटा संशोधन गरी प्रत्येक पाँच-पाँच वर्षमा निर्वाचन हुने र जनताले आफ्नो प्रतिनिधि फिर्ता बोलाउने प्रावधान राख्नुपर्ने बताएका हुन्।

उनले संविधानमा केही त्रुटि रहेको जिकिरसमेत गरे। उनले भने, ‘अहिलेको संविधानमा केही त्रुटि छन्। संविधानमा दुई वटा संशोधन आवश्यक छ। पहिलो प्रत्येक पाँच-पाँच वर्षमा निर्वाचन हुने व्यवस्था र दोस्रो जनप्रतिनिधिहरुले संविधान र कानुनअनुसार गलत कदम उठाए जनताले फिर्ता बोलाउन पाउने अधिकार सुनिश्चित गर्ने व्यवस्था संविधानमा राख्नुपर्छ।’

उनले अदालत र प्रधानन्यायधीशले विवेक प्रयोग गरे संसद पुनःस्थापना हुने विश्वास व्यक्त गरे। उनले भने, ‘संविधानमा बहुमतको सरकारले संसद् भंग गर्ने कुनै प्रावधान छैन। अदालत र प्रधानन्यायधीशले विवेक प्रयोग गरे संसद पुनःस्थापना हुन्छ।’

उनले संसद् पुनःस्थापना भएपछि प्रधानमन्त्री केपी शर्मा ओली र उनका मन्त्रीहरुले संसद पदबाटै राजिनामा गर्नुपर्ने जिकिर गरे। उनले भने, ‘संविधानको बर्खिलाप गरी संसद भंग गर्ने प्रधानमन्त्री र मन्त्रीहरु संसद पुनःस्थापना भए त्यहाँ बस्नु उचित हुँदैन।’

उनले यही संविधानलाई जस्ताको तस्तै अघि बढाए सबैको चाहना पुरा नहुने बताए। संविधान जारी गर्दा पनि आफुले हतार नगर्न र संविधानमा त्रुटी भएको औंल्याउँदै केही समय पर्खन गरेको आग्रहलाई लत्याएको स्मरण गराउँदैं उनले ओलीको कदमले त्यसलाई सच्याउने अवसर दिएको बताए। उनले भने ‘संविधानमा हतारमा पारित ग¥यो, त्यो हतारो कांग्रेसलाई पनि थियो, एमालेलाई पनि थियो, माओवादीलाई पनि थियो, खाओवादीहरुलाई पनि थियो।’

उनले ओलीको गलत कदमले मुलुकमा तानाशाहको उदय हुने खतरा बढेको र त्यसले कसैको हित नगर्ने बताए। उनले भने, ‘मुलुकमा तानाशाह आयो भने कोही पनि रहँदैन। त्यसैले गलत कदमलाई सबैले गलत छ भन्नुहोस।’ उनले आन्दोलन नयाँ प्रधानमन्त्री बनाउन, ओलीलाई पदमुक्त गर्न मात्र होइन नागरिकको अधिकार बढाउनको लागि भएको जिकिर गरे।

नेपाली कांग्रेस भक्तपुर निर्वाचन क्षेत्र नं. २ प्रदेशसभा क्षेत्र नं. ‘ख’ का सभापति किरण थापा श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा सभापति दुर्लभ थापा, पुर्वसभापतिद्धय गणेशमान चक्रधर र महेश श्रेष्ठ, महासमिति सदस्य एवम् मध्यपुर थिमि नगरपालिकाका पुर्व प्रमुख मदनकृष्ण श्रेष्ठ, महाधिवेशन प्रतिनिधि अष्टकुमार कवे, मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख अञ्जनादेवी मधिकर्मी, मध्यपुर थिमि नगरसभापति सुरेन्द्र श्रेष्ठ, ईन्द्रबहादुर प्रजापतिलगायतका नेताहरूले ओली प्रवृतिको अन्त्यका लागि कांग्रेसले फेरि एकपटक आन्दोलनलाई सशक्त बनाउनुपर्नेमा जोड दिएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.