|

काठमाडौं : बेलायतकी महारानी एलिजावेथ द्वितीय र राजकुमार फिलिपले कोरोनाविरुद्धको खोप लगाएका छन्।

९४ वर्षीया महारानी र ९९ वर्षीय राजकुमारले शनिबार कोरोनाको खोप लगाएको बकिंगघम प्यालेसले जानकारी दिएको छ।  उनीहरु अहिलेसम्म कोरोना संक्रमण हुनबाट भने जोगिएका छन्।  तर ७२ बर्षिय राजकुमार चार्ल्स र राजकुमार विलियमलाई भने गत मार्चमा कोरोना संक्रमण भएको थियो।

बेलायतमा अहिले स्वास्थ्यकर्मी, फ्रन्टलाइनर र ८० वर्षभन्दा माथिकालाई भ्याक्सिन दिदै गरिएको छ। नयाँ स्वरूपको कोरोना फैलिएपछि बेलायतमा अहिले फेरी लकडाउन गरिएको छ भने कोरोनाविरुद्धको फाइजर र अक्फोर्डको भ्याक्सिनलाई प्रयोगको अनुमति दिएर भ्याक्सिन अभियान चलाइएको छ।

बेलायतमा फेब्रुअरीको मध्यसम्म डेढ करोडले भ्याक्सिन लगाइसक्ने बताइएको छ। बेलायतमा कोरोनाबाट अहिलेसम्म ८० हजारभन्दा बढीको मृत्यु भएको छ भने ३० लाखभन्दा बढी संक्रमित भएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.