|

काठमाडौं : नागरिक अगुवा डा.देवेन्द्रराज पाण्डे र कृष्ण पहाडीले वर्तमान राजनीतिक घटनाक्रमका विषयमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको ढुलमुले नीतिले चिन्ता थपेको बताएका छन्।

 पाण्डे र पहाडीले आज विज्ञप्ती जारी गर्दै लोकतान्त्रिक मूल्य मान्यताको धरोहर दाबी गर्ने प्रमुख प्रतिपक्ष कांग्रेसका सभापति देउवाको सदाबहार ढुलमुले चरित्र चिन्ताको विष बनेको बताएका हुन्।

‘प्रधानमन्त्री केपी ओलीको यो कृत्य प्रतिगमनका लागि औजार हुन पुगेको छ भने आफूलाई लोकतान्त्रिक मूल्य मान्यताको धरोहर दाबी गर्ने प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सदाबहार ढुलमुले चरित्र थप चिन्ताको विषय भएको छ,’ उनीहरुले विज्ञप्तिमा भनेका छन्, ‘नागरिकमा बढ्दै गएको वितृष्णालाई अन्त्य गर्न प्रमुख राजनीतिक दलहरूले विगतमा गरेको गल्तीहरूप्रति क्षमा याचना गरून्।’ 

उनीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक कदम चालेर प्रतिनिधिसभा विघटन गरेको उल्लेख गर्दै त्यसको विरुद्धमा उत्रिन सबैलाई आह्वान पनि गरेका छन्।

 ‘असंवैधानिक तवरमा गरिएको प्रतिनीधिसभा विघटनको निन्दा गर्दै प्रतिगमनको षडयन्त्र र चलखेललाई परास्त गर्न जनआन्दोलनबाट प्राप्त लोकतान्त्रिक गणतन्त्र, आधारभूत, स्वतन्त्रता, मानव अधिकारलगायतका उपलब्धिहरूको रक्षार्थ एकजुट हुन सबै राजनीतिक दल, नागरिक समाज र समस्त नागरिकहरुलाई आह्वान गर्दछौँ’ विज्ञप्तीमा भनिएको छ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.