|

विराटनगर : प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटनको विरोधमा मोरङको विराटनगरमा विरोध प्रदर्शन गरिएको छ। 

प्रचण्ड–नेपाल समूहको अनेरास्ववियू जिल्ला कमिटी मोरङले आइतबार विराटनगरमा ‘कमरेड कहिले पुग्नु अमेरिका’ भन्दै बलयलगाडा प्रदर्शन गरिएको हो।

विराटनगरको रोडशेष चोकबाट सुरु भएको बलयगाडा प्रदर्शन ट्राफिक चोकमा पुगेर कोणसभामा परिणत भएको थियो। विरोध प्रदर्शनलाई सम्बोधन गर्दै संविधानसभा सदस्य मीना यादवले प्रधानमन्त्री ओलीले अधिकारको दुरुपयोग गरेको आरोप लगाएकी छन्। प्रदर्शनमा नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य रामकुमारी झाँक्रीकोसमेत सहभागी रहेको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.