|

पर्वत : उद्योग वाणिज्य सङ्घ पोखराको अध्यक्षमा नारायण कोइराला विजयी भएका छन्।

प्रतिद्वन्द्वी विन्दु कोइराला सुवेदीलाई चार सय १० मत अन्तरले पछाडि पार्दै ३३ औँ महाधिवेशनबाट कोइराला अध्यक्ष बनेका हुन्। मत परिणाम अनुसार कोइरालाको पक्षमा एक हजार तीन सय ७५ मत प्राप्त हुँदा सुवेदीलाई नौ सय ६५ मत प्राप्त भएका थिए।

नारायण अहिले सङ्घमा वरिष्ठ उपाध्यक्ष र विन्दु उद्योगतर्फकी उपाध्यक्ष हुन्। नारायण दोस्रो पटक अध्यक्ष पदमा लडेका हुन्। ३१ औँ महाधिवेशनमा छ जनाबीच अध्यक्ष पदमा प्रतिस्पर्धा हुँदा उनी तेस्रो भएका थिए। त्यो महाधिवेशनमा विश्व शंकर पालिखे अध्यक्ष भएका थिए। त्यति बेला नारायणले चार सय ११ मत पाएका थिए।

३३ औँ अधिवेशनबाट सङ्घमा ४ उम्मेदवार भने निर्विरोध भएका छन्। वरिष्ठ उपाध्यक्ष र ३ सदस्य निर्विरोध चुनिएका हुन्। पवनकुमार प्रजापति वरिष्ठ उपाध्यक्षमा निर्विरोध भएका हुन्। प्रजापति नारायण कोइरालाको प्यानलका उम्मेदवार हुन्। 

हर्कबहादुर अधिकारी र हरिहर सापकोटा कर्पोरेट सदस्यमा निर्विरोध भएका छन्। औद्योगिकतर्फको सदस्यमा हीरामणि पण्डित सर्वसम्मत भएका छन्।

यस पटक प्यानलमा नरहेरै उद्योगतर्फको उपाध्यक्षमा गोकर्ण कार्की, कार्यसमिति सदस्यमा उत्तममान बुद्धाचार्य र सुदीप प्रधानाङ्ग विजयी बनेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.