|

काठमाडौं : छिमेकी देश भारतसहित विश्वका धेरै देशमा कोरोना भाइरसविरुद्धका खोप अभियान सुरु भइसक्दा नेपालमा पनि चाँडै नै खोप आउने स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले बताएका छन्।

सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्री त्रिपाठीले खोप छिमेकी देश सँगसँगै नेपालमा पनि सुरु हुने र  खरिद प्रक्रिया पारदर्शी हुने बताए।

उनले भने, ‘हामीले पनि खोप समयमाै ल्याउछौँ र खोप खरिद प्रक्रिया र वितरण न्यापूर्ण तरिकाले हुन्छ।'

भिडियो :

खोपको लागि  राजनीतिक प्रभावहरूसमेत प्रयोग आफूले गरिरहेको र त्यसको लागि हाल आभारत, रुस र युएईका राजदूतसँग कुराकानी गरेको बताए।

नेपालमा खोप आएको एक हप्ताभित्रै प्रयोग गरिसकिने र त्यसको लागि १६ हजार खोप केन्द्र बनाइनेछ भने ५ हजार कर्मचारी र ५२ हजार महिला स्वास्थ्य स्वयंमसेविका परिचालन गर्ने मन्त्रालयको तयारी रहेको मन्त्री त्रिपाठीले बताए।

कोरोना विरुद्धको खोप नि:शुल्क

यस्तै, मन्त्री त्रिपाठीले कोरोनाविरुद्धको खोपलाई राजनीतिक वस्तुको रूपमा चित्रित गर्दै राजनीतिक ढंगले नै यसको उपलव्धताको लागि पहल गरिरहेको बताए। उनले खोप निर्माण गरेका कम्पनी र त्यहाँका सरकारसँग नियमित छलफल गरिरहेको जानकारी दिए।

‘खोपका विषयमा सरकारले गर्दै गरेन भन्ने पनि सुनिएको छ तर त्यो होइन हामीले त्यसका लागि आवश्यक तयारीसमेत गरिसकेका छौँ अन्य देशमा खोप अभियान सुरु गर्दा नेपालमा पनि सुरु हुने संकेत गर्दै भने, ‘हामी खोप ल्याउनमा ढिलाइ हुँदैनौँ ‘ उनले भने।

मन्त्री त्रिपाठीले कोभिडविरुद्ध खोप सबै जनताका लागि नि:शुल्क भएको समेत स्पष्ट पारे। यस्तै, खोप खरिदका लागि निजी क्षेत्रलाई समेत सहभागी गराउने व्यवस्था मिलाउन लागेको बताए।

उनले कोरोना संक्रमणदर घटेको पाइए पनि सुरक्षित भइनसकेको भन्दै स्वास्थ्य सावधानी अपनाउन सबैसँग आग्रह गरे। सो अवसरमा उनले कोभिडविरुद्ध अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतप्रति आफूले नमन गरेको बताए।

यस्तै, मन्त्रालयका  सचिव लक्ष्मण अर्यालले २ देखि ८ डिग्री तापक्रमका लागि १ करोड ७७ लाख डोज खोप राख्न मिल्ने गरी भण्डारण तयार भइरहेको भन्दै माइनस २० डिग्री तापक्रममा राख्ने खोप पाए पनि कम्तीमा ३ प्रतिशत अर्थात् ९ लाख बढी डोज राख्न मिल्ने क्षमता रहेको बताए।

फागुनमा खोप आउन सक्ने 

यस्तै, आगामी फागुनसम्ममा नेपालमा कोरोना विरुद्धको खोप आउन सक्ने  त्रिपाठीले बताएका छन्। पत्रकार सम्मेलनमा बोल्दै त्रिपाठीले फागुन महिनामा नेपालीले खोप पाउने शुभसंकेत भएको बताएका हुन्। उनले भने, ‘मेरो व्यक्तिगत जीवनमा फागुन महिना सारै चमत्‍कारिक हुन्छ,‘यसपालि पनि फागुन चमत्कारिक होला भन्ने मैले आशा गरेको छु।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.