|

पर्वत : राजतन्त्रको अन्त्य भएपछि राजा र राजसंस्थाको पक्षमा पनि बेलाबेलामा आवाज उठिरहेका छन्। तर भएका कार्यक्रम भने औपचारिकतामै सीमित हुने गरेका छन्।

गण्डकी प्रदेशको राजधानी पोखरामा भने सोमबार निकै तामझामसाथ दुई सय ९९ औँ पृथ्वी जयन्ती मनाइएको छ। राजनीतिक दलका पछिल्ला क्रियाकलापका कारण हैरानी भोगिरहेका नेपालीले पछिल्लो समयमा राजाको पक्षमा समेत नाराबाजी गर्दै आइरहेका छन्। यही सन्दर्भमा सोमबार परेको पृथ्वी जयन्तीलाई पोखरामा राजतन्त्रको अन्त्य भएपछिको सबैभन्दा तामझाम सहितको कार्यक्रमको रूपमा मनाइएको छ।

‘पृथ्वीनारायण शाहबाट नेपाल एकीकरण भएकै कारण सार्वभौम नेपाली हुन पाएका छौँ। राष्ट्र निर्माताको सम्मान गर्नु हामी सबैको दायित्व हो,’ नारासहित पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवस मूल समारोह समिति कास्कीको आयोजनामा भएको शोभा यात्रामा र्‍याली निकालिएको क्षेत्र र कार्यक्रम भएको स्थल भरिभराउ बनेको थियो।

पोखराको चिप्ले ढुंगाबाट सुरु भएको शोभा यात्रा सहितको र्‍यालीले बजारका विभिन्न भाग परिक्रमा गर्दै  पृथ्वी चोकमा पुगेर कोणसभामा परिणत भएको थियो। यात्रा र कार्यक्रमका सहभागीले ‘राजा आऊ देश बचाऊ’, ‘हिन्दु राष्ट्र कायम गर’ लगायत नारा लगाएका थिए।

कोणसभामा वक्ताहरूले देशको वर्तमान अवस्थाले राजा नै मागेको बताएका थिए। संवैधानिक राजतन्त्रको पक्षमा उनीहरूले भनाइ राखेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.