|

नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनले लामो समयसम्म कूटनीति क्षेत्रमा काम गरेका विलियम बर्न्सलाई (सेन्ट्रल इन्टेलिजेन्स एजेन्सी) सिआइएको प्रमुखमा नियुक्त गर्ने भएका छन्। बाइडेनले अमेरिकी समयअनुसार आज सोमबार घोषणा गर्ने तयारी गरेको अमेरिकी सञ्चार माध्यमहरुले जनाएका छन्। 

६४ वर्षीय बर्न्स पूर्वराष्ट्रपति रेगनदेखि ओबामा प्रशासनको समयमा काम गरेका व्यक्ति हुन्। बाइडेनले एक वक्तव्य जारी गर्दै अमेरिकी जनता अब राम्रोसँग निदाउन सक्ने बताएका छन्। 

बर्न्सको नाम अनुमोदन भएमा सिआईएको इतिहासमा आजीवन विदेश विभागमा अनुभव हासिल गरेर त्यहाँ पुग्ने पहिलो व्यक्ति हुने पनि बाइडेनले उल्लेख गरेका छन्। 

“बिल बर्न्स एक उदाहरणीय कूटनीतिज्ञ हुन्। जसले विश्व मञ्चमा दशकौंको अनुभवले हाम्रा जनता र हाम्रो देशलाई सुरक्षित र सुरक्षित राख्छन्,' बाइडेनले उल्लेख गरेका छन्।

यता आजै राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध दोश्रो महाअभियोग प्रारम्भ हुने सभामुख न्यान्सी पेलोसीले जनाइसकेकी छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.