जिल्लाका सबै स्थानीय तहका ओलीका कार्यकर्ता सदमुकाममा भेला

|

मुगु : हिमाली जिल्ला मुगुमा नेकपा केपी शर्मा ओली पक्षले शक्ति प्रदर्शन गरेको छ।

पहिलो पटक मुगु सदरमुकाम गमगढीमा  बाजागाजासाथ बृहत् अगुवा कार्यकर्ता भेला गरिएको हो। प्रदर्शनमा महिलाहरू दूधे बालक च्यापेर सहभागी भएका थिए। 

​प्रधानमन्त्री केपी शर्मा ओलीको कदम सही भएको भन्दै बृहत् अगुवा कार्यकर्ता भेला गरिएको ओली पक्षका नेता तथा केन्द्रीय सदस्य तथा मोहन बानियाँले बताए। 
भेलामा ओली पक्षका कार्यकर्ता अपेक्षा गरेभन्दा बढी नै उपस्थित भएको नेताहरूले बताएका छन्।

कार्यक्रममा अधिकांश वक्ताले 'राष्ट्रका नायक केपी हुन्' र उनले गरेको निर्णय सही भएको बताएका थिए। 

अगुवा कार्यकर्ता भेलाको कार्यक्रममा जिल्लाका चार वटै स्थानीय तहका ओली समर्थक कार्यकर्ता सदरमुकाम गमगढीमा आएका विधान समितिका सभापति कर्णाली प्रदेश सभा सदस्य दानसिंह परियारले जानकारी दिए। 

प्रदर्शनमा 'आज होइन, भोलिलाई १० वर्ष ओलीलाई', 'सीमा अतिक्रमण बन्द गर' जस्ता नारा कार्यकर्ताले लगाएका थिए। भेलालाई बाँनिया, परियार, केन्द्रीय सदस्यहरु उब्जन बहादुर शाही, सोनामा लामा , जिल्ला समन्वय समिति मुगुका प्रमुख पूर्ण बहादुर रोकाया, युवा नेता डम्बर रावल लगायतले सम्बोधन  गरेका थिए।

यसअघि मुगुमा पुस १४ गते नेकपाकै अर्को पक्षकले पनि कार्यकर्ता भेला गर्दै प्रधानमन्त्रीको कदम असंवैधानिक भएको भन्दै शक्ति प्रदर्शन गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.