|

भारतीय  केन्द्रीय रक्षा राज्यमन्त्री श्रीपाद नाइक सवारी दु्र्घटनामा परेका छन्। 

मन्त्री नाइकको कार सोमबार कर्नाटकको अंकोलामा दुर्घटनामा पर्दा उनकी पत्नी विजया नाइक र स्वकीय सचिवको मृत्यु भएको छ। दुर्घटनामा मन्त्री नाइक गम्भीर घाइते भएका छन्। 

मन्त्री नाइकको अहिले अंकोला जिल्ला अस्पतालमा उपचार भैरहेको छ । अहिले उनको अवस्था स्थिर रहेको बताइएको छ ।

मन्त्री नाइक पत्नीसहित गोकर्ण गइरहेका बेला येल्लापुर र गोकर्णबीचको सडक खण्डमा कार दुर्घटना भएको हो। उनीहरु कर्नाटकको येल्लापुरस्थित गणपति, कवादिकरे, पंडवासी ग्राम दीवी मन्दिर र ईश्वर मन्दिरमा पुजा गरेर फर्किदा दुर्घटनामा परेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.