|

कोरोना भाइरस (कोभिड १९)को संक्रमण जनावरमा पनि देखिन थालेको छ। अमेरिकाको क्यालिफोर्नियास्थित सानडिआगो सफारी पार्कमा रहेको एक चिडियाखानाका दुईवटा गुरिल्लामा कोरोना संक्रमण देखिएको हो।

न्युयोर्क टाइम्सका अनुसार ती दुई गुरिल्लामा खोकीको समस्या देखिएको थियो। त्यसपछि चिडियाखानामा अधिकारीले गत बुधबार गुरिल्लाको स्वाब लिएका थिए। शुक्रबार क्यालिफोर्निया एनिमल हेल्थ र फुड सेफ्टी ल्याब्रोटरीमा उक्त स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको हो।

गुरिल्लामा कोरोना देखिएपछि चिडियाखानामा विशेष सतर्कता अपनाइएको छ। थप केही गुरिल्लामा खोकीको समस्या पनि देखिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.