|

पोखरा : नेपाल कम्युनिस्ट पार्टी  नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पदका लागि पार्टी फुटाएको बताएका छन्। गण्डकी प्रदेशका भएको बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

'उहाँमा पदका लागि मात्रै मात्रै राजनीति गरिराख्ने प्रवृत्ति रहेछ' उनले भने, 'म आफैँ दुई पटक प्रधानमन्त्री भएर छाडेँ, माधव नेपाल, झलनाथ खनालले पनि प्रधानमन्त्री भएर छाड्नुभयो। तर, हामीले पदका लागि पार्टी फुटाएनौँ। छाडेर यहाँसम्म आयौँ।'  ,

पार्टीभित्रको विवादलाई मात्रै लिएर ओलीले संसद् विघटन गरेको आरोप लगाए। 'पार्टीमा विवाद रहन्छ। विवाद भएन भने पार्टी नै हुँदैन। तर फुटाउनु हुँदैन ।' उनले भने, 'पार्टीभित्र बहुमतको निर्णय पार्टीको निर्णय हुन्छ भन्ने निर्णयमा ओलीको हस्ताक्षर भएको छ।' 

'पार्टीभित्र बहुमत भएन भने पार्टी फुटाउने संविधान नै च्यात्न पाउने अधिकार केही छैन' उनले भने, 'संविधानमा संसद् भंग गर्ने अधिकार धेरै छलफलपछि राखिएको हो। उहाँलाई त्यो अधिकार छैन।' 

प्रधानमन्त्री ओलीले अधिकार नभएको कदम चालेको हुनाले जवाफ दिने ठाउँ केही नरहेको दाबी गरे। 'उहाँहरूको कदम पार्टी एकताको भावना र संविधानमाथि प्रहार गरिरहेका छन्' उनले भने, 'के जनतालाई तपाईंले उल्लु बनाउन सक्छु भन्ने सोच्नु भएको छ?'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.