|

दैलेख : छुवाछूत मुद्दामा फरार दुई अभियुक्तलाई ९ वर्षपछि दैलेख प्रहरीले पक्राउ गर्न सफल भएको छ। 

२०६८ मंसिर १३ गते जिल्ला अदालत दैलेखबाट जातीय छुवाछूत तथा भेदभाव मुद्दामा ८ महिना कैद र जरिवाना तोकिएपछि उनीहरू फरार थिए। 

पक्राउ पर्नेमा भगवतीमाई गाउँपालिका–४ जगनाथ बस्ने–५४ वर्षीय चक्र बहादुर शाही र सोही ठाउका ३१ वर्षीय केशव बहादुर शाही रहेका दैलेख प्रहरी प्रमुख अनुपम श्रेष्ठले जानकारी दिए। 

पक्राउ परेका उनीहरूलाई जिल्ला अदालत दैलेख पेस गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.