|

काठमाडौं : माघे सङ्क्रान्तिमा तरुल, सखरखण्ड, पिँडालु जस्ता कन्दमुलको विशेष महत्व हुन्छ। यो पर्व नजिकिएसँगै अहिले बजारमा तरुलको व्यापार बढेको छ। बजारमा तरुल किन्नेको भिड छ ।

तरुल एक प्रकारको कन्दमुल हो। माघे सङ्क्रान्तिमा यसको विशेष महत्व हुने गरेको छ। या भनौं तरुललगायतका कन्दमूलविना माघे सङ्क्रान्तिको पर्व अधुरो नै हुन्छ। माघे सङ्क्रान्तिका लागि पुसको पाक्य माघको खाक्य भन्ने किंवदन्ती नै छ।

पुसको अन्तिम दिन अर्थात् मसान्तमा तरुललगायतका कन्दमूल उसिनेर भोलिपल्ट अर्थात् माघे सङ्क्रान्तिका दिन घ्यू , चाकुसहित खाने परम्परा रहेकाले यो पर्वलाई ध्यू चाकु सङ्लु पनि भनिन्छ। सङ्क्रान्तकाे मुखमा दैनिक ५ देखि १० क्विन्टलसम्म तरुल खपत हुने गरेको व्यापारीको भनाइ छ। 

बजारमा अहिले विभिन्न प्रकारका तरुलहरू पाइने गर्दछन्। हात्तीपाइले तरुल, रातो तरुल, बन तरुल, चिप्ले तरुल, लाम्चो चिप्ले तरुल, पातले तरुल, सिमल तरुल  प्रजातिका तरुल बजारमा अहिले पाइन्छन्। यसमध्ये सिमल तरुलको बिक्री बढि हुने गरेको व्यापारी बताउछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.