|

काठमाडौं : आर्थिक वर्ष २०७६–७७ मा तीनै तहका सरकारले गरेको खर्च र प्राप्त भएको राजश्व विवरण महालेखा परीक्षकले अर्थ मन्त्रालयमा बुझाइएको छ।

महालेखा परीक्षकको कार्यालयले हिजो तीनै तहको खर्च विवरण र प्राप्त भएको राजस्वको विवरण अर्थमन्त्रलायलाई बुझाएको हो।   संघीय सरकारले कुल राजश्व ८ खर्ब ४१ अर्व ३१ करोड रुपैयाँ प्राप्त गरेको छ।  संघीय सरकारको खर्च भने १० खर्ब ९१ अर्व १३ करोड ५२ लाख भएको रहेको छ।

त्यस्तै प्रदेश सरकारको सञ्चित कोषमा २ खर्ब ३१ अर्व प्राप्त हुँदा १ खर्ब ६५ अर्व खर्च भएको देखिएको छ।

यो वर्ष ७५३ वटै स्थानीय तहको आय व्यय एकीकृत गर्दा कुल राजश्व कुल ४ खर्ब ४ अर्ब ३० करोड देखिएको छ। त्यस्तै स्थानीय तहको कुल खर्च ३ खर्ब २० अर्ब ५ करोड रहेको छ।

आन्तरिक ऋण र बैदेशिक स्रोत बाहेक १० खर्ब ४७ अर्ब ४८ करोड रुपैया राजश्व प्राप्ति भएको कार्यालयले जनाएको छ। आन्तरिक ऋण १ खर्ब ९४ अर्ब ९० लाख र वैदेशिक ऋण १ खर्ब १६ अर्ब ४८ करोड रहेको छ। त्यस्तै वैदेशिक अनुदान १८ अर्ब ८८ करोड ५७ लाख प्राप्त भएको विज्ञप्तिमा उल्लेख छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.