|

भारतमा कोरोना भाइरस संक्रमितको संख्या एक करोड चार लाख ९५ हजारभन्दा बढी पुगेको छ। पछिल्लो २४ घण्टामा भारतमा १५ हजार ९६८ नयाँ संक्रमित फेला परेपछि कोरोना संक्रमितको संख्या एक करोड चार लाख ९५ हजार १४७ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा भारतमा कोरोना संक्रमणको कारण २०२ जनाको मृत्यु भएको छ। यससँगै मृत्यु हुनेको संख्या एक लाख ५१ हजार ५२९ जना पुगेको छ। मन्त्रालयको पछिल्लो विवरणमा भारतमा एक करोड एक लाख २९ हजार जनाभन्दा बढी व्यक्ति संक्रमणमुक्त भएका छन्। दुई लाख १४ हजार ५०७ सक्रिय संक्रमित छन्।

भारतको राष्ट्रिय राजधानी दिल्लीमा आइतबार थप ३८६ जनामा संक्रमण देखिएको र १६ जनाको मृत्यु भएको छ। यसैबीच, सरकारले देशका विभिन्न भागमा कोभिड १९ परीक्षणलाई तीव्रता दिने बताएको छ। भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले आइतबारसम्म देशभर १८ करोड ३४ लाख ८९ को हाराहारीमा नमुना परीक्षण गरेको छ। मंगलबार एक दिनमा ८ लाख ३६ हजार २२७ जनाको कोभिड १९ परीक्षण गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.