नेपालमा कोरोना संक्रमित बिरामी अस्पताल भर्ना भएको वर्ष दिन पूरा

|

काठमाडौं नेपालमा कोभिड-१९ को संक्रमण देखिएपछि स्वास्थ्य संरचनाको अवस्था नाजुक रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रवक्ता अनुप बाँस्तोलाले बताएका छन्। अस्पतालमा संक्रमित भर्ना भएको एक वर्ष पुगेको उनले सामाजिक सञ्जालमा यस्तो लेखेका छन्।

उनले महामारीको एक वर्षमा थकान, तनाव डर नभनी खट्ने सबै सहकर्मी तथा स्वास्थ्यकर्मी र सहयोगीलाई नमन गर्न चाहेको बताएका छन्।

उनले महामारीमा ज्यान गुमाउने आमा-बाबा,दिदी-बहिनी र दाजु-भाइमा श्रद्धाञ्जली अर्पण गरेका छन्। संक्रमितको उपचार गर्दैगर्दा वियोगान्त र सुखान्त वर्ष दिन बितेको छ।

सुरुवाती दिनमा संक्रमित देखिनासाथ स्वास्थ्यकर्मीमा त्रास र अस्पतालहरुमा भ्रम थियो। 'संक्रमितहरु टेकु अस्पताल मात्र जान्छन्, 'उनले भनेका छन,' महामारी आउनुभन्दा अगाडि अन्य अस्पतालका ढोका बन्द भएका थिए। कसैलाई पोजेटिभ देखिएमा अस्पताल नै सिल हुन्थे।' आजसम्म बिरामीको उपचार गर्ने उर्जा नघटेको उनी बताउँछन्।

संक्रमणको दर बढेको बेला अस्पतालले संक्रमितलाई भकुण्डो जस्तो खेलाएको उनले बताएका छन्। अस्पतालले कतिपय बिरामीलाई दुहुना गाईझैँ बनाएको उनको भनाइ छ। उनले नेपालको स्वास्थ्य संरचनाको यथार्थ चित्र छर्लङ्ग भएको पनि बताएका छन। उनले नेपाल र नेपालीको हैसियत उजागर भएको बताए।

टेकु अस्पतालमा अझ भनौं नेपालमै कोरोना भाइरस संक्रमित पहिलो बिरामी भर्ना भएको आज एक वर्ष पुग्यो । कोभिड-१९ महामारीमा यो...

Posted by Bastola Anup on Wednesday, January 13, 2021

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.