|

काठमाडाैं : सम्भवत: म्यानचेस्टर सिटी जारी प्रिमियर लिगमा सर्वाधिक दबाबमा छ।

किनकि पछिल्ला सिजनमा सिटी सधैं शीर्ष स्थानको दाबेदारीमा रहँदै आए पनि यो सिजन सिटीको प्रिमियर लिगको हिसाब बिग्रिएको छ।

लिग अंक तालिकामा शीर्ष ५ मा नै संघर्षरत छ तर फेरि सिटीको हातबाट मौका गुमिहालेको भने छैन। जारी सिजनमा सिटी १६ औं खेलमा ब्राइटनसँग बुधबार (आज) पाैनै १२ मा खेल्दै छ, जहाँ उसको लक्ष्य अंक तालिका सुधार गर्नुहुनेछ।

सिटीले सिजनको १५ खेलको समाप्तिमा सिटीले ८ खेलमा मात्र जित निकालेको छ। त्यसो त २ खेलमा बराबरी गरेको सिटी ५ खेलमा हारको सामना गर्न बाध्य छ। तर सिटीको आशा भनेको पछिल्ला तीन खेलमा लगातार जितको नतिजा निकालेकाले पनि केही आत्माविश्वासी छ।

सिटी आफ्नो घरेलु मैदानमा ब्राइटनविरुद्ध सधैं बलियो छ। प्रिमियर लिगमा ब्राइटनले सिटीको मैदानमा जित निकाल्न सकेको छैन। त्यसो त सिटीले ब्राइटनविरुद्ध खेलेका ६ प्रिमियर लिग खेलमा सबैमा जित निकालेको छ।

२० गोल गर्दा सिटीले केबल २ गोल मात्र खाएको छ। ब्राइटन जारी सिजनको १७ खेलमा केबल २ खेलमा मात्र जित निकालेर १७ औं स्थानमा रहेको छ। त्यसैले उसका लागि सिटीविरुद्ध खेल स्वाभाविक रुपमा दबाबपूर्ण हुने छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.