|

डोल्पा : डोल्पाको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा  वन्यजन्तुको मासु र भरुवा बन्दुकसहित एकजना पक्राउ परेका छन्।

चोरी सिकारी नियन्त्रण इकाईले निकुञ्जको निगालगैरा भन्ने वन क्षेत्रबाट गत पुस २७ गते रातिको समयमा पक्राउ गरेको हो। स्थानीयकाअनुसार पक्राउ पर्नेमा त्रिपुरासुन्दरी नगरपालिका वडा नं ६ बस्ने लक्ष्मिचन्द्र शाही रहेका छन् ।

निज व्यक्तिबाट एक थान भरुवा बन्दुक, आखेटोपहार मासु १९ वटा गोली, बारुद १ बट्टा तथा बन्दोबस्तीका सामानहरु बरामद गरिएको निकुञ्जका वार्डेन सरोजमणि पौडेलले जानकारी दिए।

निजलाई हिरासतमा राखि अनुसन्धान कार्य अगाडि बढाइएको निकुञ्जले जनाएको छ। निकुञ्जले यसभन्दा अगाडि पनि ३७ थान भरुवा बन्दुक, १ थान कटुवा पेस्तोल, इन्सास राइफलका गोली पनि बरामद गरिएको थियो।

भौगोलिक कठिनाई,विशाल भुगोल,न्यून जनशक्ति र अत्यधिक चिसोका बावजुद पनि निकुञ्जले चोरी सिकारी नियन्त्रण कार्यलाई निरन्तरता दिइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.